८२ वर्षको उमेरमा पहिलो पटक भोट हाल्दैछन् यी बृद्ध

Posted on: 10 Nov, 2017

प्रेम सुनार | कात्तिक २३, गुल्मी | छोराहरुले चौरासी गरी सके उनको उमेर चाँही ८२ वर्षको भयो । किशोर अवस्था देखि भारतमा बस्दै आएका ति बृद्धले अहिले सम्म स्वदेशको कुनै पनि निर्वाचनमा मत हाल्ने अवसर पाएका छैन् । गत स्थानिय तहको निर्वाचनमा समेत उनि भारत मै थिए ।

तर अहिले उनी जिवनमै पहिलो पटक भोट हाल्न पाउने गरी घर आएका छन् । ति हुन् रेसुङ्गा नगरपालिका वडा नम्वर ५ लामडाँडाका रुद्रबहादुर खत्री । वामगठबन्धबाट प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टको चुनावी सभामा अनौठो मान्दै दुई हात गालामा लगाउँदै सुनिरहेका उनलाई विष्ट कुन पदका लागि चुनाव लड्दै छन भन्ने कुरा भने थाह छैन् ।

कस्ता नेतालाई भोट दिनु हुन्छ ? भन्ने प्रश्नमा उनको भने–‘ बुढेशकालमा काम गरेर खान सकिन्न , जसले हामी बुढा-बुढीको दुख हेर्छ उसैलाई भोट दिईन्छ ।’ विष्टको चुनावी सभामा बढि मात्रमा  वृद्ध बृद्ध, एकल महिलाहरुको सहभागिता थियो । उमेदवार विष्टको चुनावी सभामा रनभुल्ल उनै ८२ बर्षीय बृद्ध । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!