विकासमा काम हुनुपर्छ भाषण होईनः छन्द पहराई

Posted on: 10 Nov, 2017

प्रेम सुनार | कात्तिक २४, गुल्मी | गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली कांग्रेस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार प्रसार अभियान  कात्तिक २२ गते देखी सुरु भएको छ। उक्त चुनाव प्रचार प्रसार अभियान तथा स्थानीय कार्यकर्ता भेटघाट कार्यक्रम मालिका गाउँपालिका वडा नं. २ को दर्लिङ्ग हुदैं पाटाखर्क, दुनाम र सिरुखर्कमा सम्पन्न भएको छ।

उक्त अभियान कार्यक्रममा उम्मेदवार पहराईले स्थानीय कार्यकर्ता भेटघाट तथा स्थानीय बासिन्दाहरुलाई भेट्न घरदैलो कार्यक्रम राखेका थिए। उक्त अभियानका क्रममा उम्मेदवार पहराई दर्लिङ्गका सम्पूर्ण घरमा पुगेका थिए। चुनाव प्रचार प्रसार अभियान तथा कार्यकर्ता भेटघाटको क्रममा महासमिति सदस्य पे्रम भण्डारी, इन्द्र बहादुर घर्ति, ज्ञानबहादुर कार्की र नेविसंघ नेता तथा रेसुङ्गा बहुमुखी क्याम्पस नेविसंघ सभापति अर्जुन पोखरेल लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो। विकासमा काम हुनुपर्छ भाषण होईन भन्ने बिशेष मान्यता सहित उम्मेदवार पहराईले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेको बताएका छन।

चुनाव प्रचार प्रसार अभियानको क्रममा उम्मेदवार पहराईले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बताएका छन। उम्मेदवार पहराईले यसपाली नेपाली जनताले लोकतान्त्रीक शक्तीलाई विजय बनाउनुहुने छ भन्ने आशा व्यक्त गरेका थिए। उम्मेदवार पहराईले  जनताको चाहना र इच्छा विपरीत कुनै पनि काम गर्न नसक्ने बताएका छन।  उम्मेदवार पहराईले भने –‘ चुनाव हार्नु र जित्नु ठुलो कुरा हाइन हामिले हाम्रो राजनिती जिति सक्यौ नैतिकता इमानदारीता र जनताको सामिप्यतामा रहि काम गर्ने छौ  । ’

घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवार पहराईसँग माग राखेका थिए। भने उम्मेदवार पहराईले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

उम्मेदवार पहराईले गरिब, दलित, जनजाती, किसान, मजदुर र युवक सम्पूर्णलाई समान अबसर दिने, स्वास्थ्य, शिक्षा विकास निर्माणका कार्यलाई नियमितता दिनको लागी गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा नं. २ मा नेपाली काँग्रेस तर्फबाट उम्मेदवारी दिएको, पटक पटक यस क्षेत्रका जनताहरु नझुक्किने र यसपटक नेपाली काँग्रसका उम्मेदवारहरुलाई विजयी बनाई समृद्ध गुल्मी निर्माणको अभियानमा लाग्ने बताएका छन। उम्मेदवार पहराईले जनताको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!