चुनावको मुखैमा राजपाका नेताहरु माओवादीमा प्रवेश

Posted on: 10 Nov, 2017

कात्तिक २४, महोत्तरी | राजपा नेपालका केन्द्रीय सदस्य एवम् राष्ट्रिय आदिवासी जनजाति महासंघमा आबद्ध नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । महोत्तरीको बर्दिबास नगरपालिकाको खयरमाराका बासिन्दा आदिवासी जनजाति नेता प्रेम लामा शुक्रबार माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । 

नेता लामासँगै राजपा नेपालका बर्दिवास नगर संयोजक राम भण्डारी र टिकाराम घिसिङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । तीनै जनालाई शुक्रबार बर्दिवास–३ आधारशीलामा आयोजित एक समारोहमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल र नेकपा एमालेका केन्द्रीय सदस्य रामदयाल मण्डलले वाम गठबन्धनमा सामेल गराउँदै स्वागत गरेका थिए ।  

कार्यक्रममा नवप्रवेशीका तर्फबाट बिचार राख्दै जनजाति नेता लामाले आफूले विद्यार्थी कालमा वामपन्थी बिचारबाटै राजनीति सुरु गरेको प्रसङ्ग सम्झदै फेरि जीवनको उत्तराद्र्धमा एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा जोडिन पाएको भन्दै खुशी ब्यक्त गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!