खाल्डोमा रहेका प्रदिप ज्ञवाली र सुदर्शन बराल चढे उकालो

Posted on: 11 Nov, 2017

प्रेम सुनार/कात्तिक २५, गुल्मी । गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार आजदेखि शान्तिपुरको खाल्डो (भ्याली ) बाट हर्राचौर हुँदै दिव्रङ्ग तर्फको उकालो चढेका छन् । 

जन्म थालो वलेटक्सारबाट सुरु भएको नेता ज्ञवालीको  घर दैलो कार्यक्रम वम्घा, अस्लेवा, हर्मिचौर, अर्वेनी , पुर्तिघाट, खड्गकोट, फोक्सीङ्ग, ग्वाघा, हरेवा र हिजो शान्तिपुरमा आई पुगेको थियो ।  


हिजो शान्तिपुरमा वामधनको संयुक्त भेलालाई नेताद्धयले सम्वोधन  गरेका थिए । यस विचमा प्रत्येक गाउँका विशेष गरी बृद्ध बृद्धाहरुले भुमिगत राजनैतिक जिवनमा दुख सुखमा लागे एमाले नेता प्रदिप ज्ञवाली र माओवादी केन्द्रका नेता सुदर्शन वराललई शिरमा हात राखेर आशिर्वाद दिएको र युवाहरुले चोक चोकमा उभिएर  ‘वामगठबन्धन जिन्दावाद’ को नारा लगाउने गरेको संगै रहेका पत्रकार हुमकान्त पोखरेलले बताए ।  

हर्राचौर तर्फ उकालो चढ्दै गरेका एमाले नेता प्रदिप ज्ञवाली संग टेलिफोन सम्पर्क राख्दा उनले भने–‘हर्राचौर र दिव्रुङको उकाले मात्र होईन हामी  प्रति जनताको स्नेह आशा र भरोसाको दृष्टीले  पनि  हामी धेरै माथीको शिखरमा उकाले लागि सकेका छौं  । ’ 

उनले  प्रदेशका उमेदवार सुदर्शन बरालले यस भेगका जनतालाई रिझाउन  सफल देखिएको  कुरा समेत आफुले अनुभुत गरेको वताए ।  उनि आफु भुमिगत राजनैति कालमा साविकको एक नम्वर क्षेत्रमा लामो समय रहेर काम गरेकोले यहाँका वासीन्दा आफ्नो राजनैतिक गुरु भएको समेत बताए । 

तुराङ हुँदै रुपाकोट पारी हुग्दीखोला वारीबाट सिधै शान्तिपुर जोड्ने सडक निर्माण केन्द्रबाट पारेका नेता ज्ञवालीले शान्तिरपुर र माथी चन्द्रकोटलाई  आकर्षक पर्यटकिय  स्थलका रुपमा विकास गर्ने बताए । उनले पारी रुपाकोटलाई पनि साच्चीकै रुपाकोट बनाउनु पर्नेमा जोड दिए । 

प्रदेशका उमेदवार वरालले आफुले माथी टिमुरे लेकको पर्यटन विकासका लागि पहिल्लै देखि काम थालनी गरेको र आगमी दिनमा  थप आकर्षक बनाउने  उद्घोष गरेका छन् । उनले आफुले प्रदेश सभा सदस्य जिते लगत्तै एउटा विशेष स्थानिय तह बनाएर मजुवालाई प्रशासनिक निकाय बनाउन पहल गर्ने समेत बताए । सुदर्शन वराल साविकको क्षेत्र नम्वर १ का वासीन्दा हुन् । 

नेता ज्ञवाली क्षेत्र नम्वर १ का फटिक थापा, उनै सुदर्शन वराल, चेतन बस्नेत, जिवन खरेल जस्ता हजारौं कम्युनिष्ट कार्यकर्ता जन्माउने नेता हुन् । हाल माओवादी नेता वराल एमालेको विद्यार्थी संगठनबाट यहाँ सम्म आई पुगेका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!