विप्लव नेतृत्वको नेकपाद्वारा रोल्पा बन्दको आह्वान

Posted on: 12 Nov, 2017

कात्तिक २६, रोल्पा | विप्लव नेतृत्वको नेकपाले भोलि सोमबार रोल्पा जिल्ला बन्द गर्ने घोषणा गरेको छ । नेकपाले भोलीको बन्द जेल हिरासतमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै गर्न लागेको हो ।

आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले जेल हिरासतमा रहेका नेता कार्यकर्ताको रिहाइ गर्न दबाब स्वरुप  २७ गते रोल्पा जिल्ला बन्दको आह्वान गरिएको जानकारी दिएको छ  । बिज्ञप्तिमा भनिएको छ - “पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुबेदी प्रयास, जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति, श्याम घर्ति र रामसिह घर्तिलाई जेल हिरासतमा राखिएको भन्दै तुरुन्त रिहाईको मागसहित भोलि यातायात, कलकारखाना शिक्षण सस्था बन्द गरि आन्दोलन्मा एक्यवद्धता जनाइदिन हार्दिक अपिल गर्दछौ ।”।

नेकपाले आफ्नो कार्यक्रम शान्तिपूर्ण भएको भन्दै आफ्ना कार्यक्रममा भइरहेको सरकारको दमन तुरुन्त बन्द गर्न र आफ्ना नेता तथा कार्यकर्तालाई विना सर्त रिहाई गर्न  माग समेत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!