प्यूठानमा नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ

Posted on: 12 Nov, 2017

सागर शर्मा/कात्तिक २६, प्यूठान । निर्वाचन विरोधी अवान्छनीय गतिविधिमा संलग्न भएको भन्दै प्यूठान प्रहरीले तीन जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रिय सदस्य तथा प्यूठान रोल्पा जिल्ला इन्चार्ज हरि बस्नेत, विद्यार्थी संगठनका केन्द्रिय सदस्य पदम पोख्रेल, स्वर्गद्धारी नगरपालिकाका जनसरकार प्रमुख गिरु भुसाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्यूठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

निर्वाचन विरोधी अभिव्यक्ति दिने, निर्वाचन विरुद्धका योजनाहरु निर्माण गर्ने कार्यमा संलग्न भएकाले निर्वाचनलाई भयरहित बनाउन पक्राउ गरिएको डिएसपी पोख्रेलले बताउनुभयो । बस्नेत र पोख्रेललाई जुम्रिबाट र भुसाललाई भिगृबाट प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!