आफु काँग्रेस भएपनि भोट चाँही तपाईलाई भनेपछि ज्ञवाली भए भावुक

Posted on: 13 Nov, 2017

प्रेम सुनार/कात्तिक २७, गुल्मी । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का उमेदवार प्रदिपराज ज्ञवालीको जन्म थलो मात्रै साविकको क्षेत्र नम्वर २ हो  । वास्तवमा उनको कर्मथोलो भने कै साविकको क्षेत्र नम्वर १  हो । 

२०४२ साल देखि साविकको क्षेत्र नम्वर १ बाट भुमिगत राजनैतिक यात्रा सुरु गरेका ज्ञवालीलाई यति वेला घर दैलोका क्रममा नचिन्ने बुढा पाका कोही छैनन् । 

राष्ट्रिय चर्चाको व्यक्तित्व ज्ञवालीलाई नचिन्ने युवा वर्ग त छँदै छैनन् भुमिगतकालमा क्षेत्र नम्वर १ को उकाली ओरालीले उमेदवार ज्ञवालीलाई बृद्ध बृद्धाहरु संगको पुरानो चिनापर्चीले चुनावी प्रतिसपर्धालाई थप टेवा पुगेको उनको दावा छ ।  

‘ १७ वर्षको उमेर देखि उहाँका पुरानो पिढि संग झ्याम्मीर हिडे बसेको थिएँ । अहिले उहाँहरु संगको भेटघाट र उहाँहरुले दिएको मायाले म निकै हर्षित र  गर्वित छु ’ नेता ज्ञवालीले भने–‘ साविककाृे क्षेत्र नम्वर १ मेरो राजनैति पाठाशाला हो, यहाँका सवै वासीन्दा मेरा राजनैतिक गुरु हुन् ।’


यहिका वासीन्दाले मलाई आजको स्थानमा पुराएका हुन् गलाअवरुद्ध पार्दै नेता ज्ञवालीले  थपे–आज शौभाग्य ठान्द छु म यसै क्षेत्रको जनप्रतिनीधिका रुपमा उमेदवार हुने अवसर पाएकोमा । ’ 

उनलाई भेट्ने बृद्ध बृद्धाहरुले उही पुरानो भाषा प्रयोग गर्दै भन्ने गरेका छन्–‘ ए..वाय... वावु त उति बेला पातलो थियौं , आठो पिठो जे दिन्थीउँ त्यही खान्थेउ , कति फरासीला थियौ यतिका वर्ष पछि भेट्न पाईयो  वरै..। ’

नेता ज्ञवालीले ३० वर्ष अघि आफैले संगठित गरेका कार्यकर्ताहरु भेटर भावुक बनेको बताउँ छन्  । चन्द्रकोट गाउँपालिका अन्तरगत दिव्रुङ्ग साराङ्ग गाउँका ९० वर्षिय बृद्ध कृष्णलाल खरालको घरमा पुगेका नेता ज्ञवालीलाई जन्मजात कांग्रेस भनिएका  खरालले भने–‘ क्यार्न  ढाँट्न्यो र वावु , मान्छे त म कांग्रेसै हुँ  यसपाली भोट चाँही तपाईहरुलाई  दिन्छु ।’

उनका नाती नवराज खरेल भने माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनै नातीले नेता ज्ञवाली र प्रदेशका उमेदवार सुदर्शन वराललाई लिएर पुुगेका थिए घरमा । बृद्धको त्यो भनाईले केहि वेर भावुक भए प्रदिप ज्ञवाली । 

बृद्ध कृष्णलालले नाक बङ्गाउँदै नवराज तिर फर्किदै भने–‘ यो नेता केटाले वारम्वार माओवादी बन्नुस बा भनेर हैरान पार्थो ( पाथर््यो ं) तर जिज्यु वाजेले मान्दै आएको कांग्रेस पार्टी छाट्न मेरा मनले ठ्याक्कै मानेन वाय, ठिकै छ यसपाली भोट भने हाकीदाउ भन्छु  वावुहरुलाई नै दिन्छु ढुक्क हुनुस् । ’

 ज्ञवाली मुस्कुराए । संगै रहेका नाती खराललाई हजुर वुवा संग सेल्फी खिच्न लगाए । नवराज भन्छन्–‘यसपाली भने हजुरवाले धन्न मन पागाल्नु भयो नत्र पहिला त अरु पार्टीबाट भोट माग्न जानेलाई ¥याई¥याँई त पार्नु हुन्थ्यो । ’

चन्द्रकोट–१ को  रुपाकोटमा घर दैलो गर्दै पुगेका उमेदवारद्धयः सय वर्ष पुग्न दुई वर्ष बाँकी रहेकी रुपकला भण्डारीकहाँ पुगे । सय वर्ष पुग्नै आँटेकी बृद्धा भण्डारीले नेता ज्ञवाली र सुदर्शन वाराललाई वर्षऔं देखि बेपत्ता भएको छोरा टुप्लुक्क घर आए जस्तो गरी दलानमा आउँदै गरेकालाई  आँगन मैं पुगेर हर्ष खुशीको मुद्रामा हाम हालिन् ।


‘ए नानी त चिन्नै नसक्ने भए चौं ( छौं ) , कहिले कसो टिभियाँ त देख्तें,  नजिकबाट नदेखेको त धेरै वर्ष भयो हुन्तो ? भनेर भनिन् । नेता ज्ञवाली भुमिगतकालमा उनको घरमा धेरै समय वसेका थिए ।

नेता ज्ञवाली  भावुक हुँदै भन्छन–‘ उ त्यो गोठको कोठामा सुत्ने गर्दथे ।   उहाँ मेरी जन्म दिने आमाले भन्दा बढि ममता दिनु भएको थियो । कहिले काँही मध्ये रातमा आईन्थ्यो । कहिल्लै नभर्किने  उहाँ वावु चुलामा छ आटो आफै झिकेर खाउँ हामी सुत्यौं भन्नु हुन्थ्यो । भोकको बेला तताएर खाना पनि ढिला भएर चिसै पनि खाईन्थ्यो र सुतिन्थ्यो ।’

नेता ज्ञवालीले  १५ वर्ष अघि उनै आमालाई घरै भेट्न गएको बताए ।   ‘त्यस यता केन्द्रिय राजनीतिको व्यस्तताले उहाँलाई भेट्न आउन सकेको थिएन , १५ वर्ष पछिको उहाँ संगको यो भेटले मलाई हर्ष विभोर बनाएको छ ’–नेता ज्ञवाली भने–‘यो मेरो  लागि ठुलो अवसर हो ।’ 

सोही क्षेत्र प्रदेश नम्वर १ का उमेदवार सुदर्शन वराल त त्यहीका वासीन्दा हुन् । वाल्यकाल देखि नै कम्युनिष्ट आन्दोलनमा लागेका र पछि १० वर्षे जनयुद्धमा समेत त्यहाँको उकाली ओराली गरेको उनि सवै संग परिचीत छन् । उनलाई त्यहाँका वासीन्दाले जिताएर पनि पठाई सकेका छन् । ‘

‘यसपाली २०६४ साल कै जस्तो  सवैले जुन माया उत्साह देखाउनु भएको छ यसले म आफु र  प्रदिप कमरेडलाई अध्याधिक मतले विजयी गराउनु हुन्छ भन्ने कुरामा हामी ढुक्क छौं’ बरालले भने–‘उता कमल श्रेष्ठ कमरेड सहित हामी वामगठबन्धनले  ६ वटै तहमा विजय हाँसिल गर्दै छौं । 


’तस्वीरः नेताद्धयः  ज्ञवाली र वराल त्यहाँका बृद्ध बृद्धाहरुको आर्शिवाद ग्रहण गर्दै 


यस बिषयमा तपाइको प्रतिक्रिया...!