अर्जुन जोशीमाथि पदम गिरीको फेरी अर्को प्रहार– संसदमा पूर्व सांसदलाई पेन्सन माउनेलाई फेरी भोट माग्न ल

Posted on: 14 Nov, 2017


पर्वत । नेकपा एमाले पर्वतका अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार पदम गिरीले प्रतिद्वन्द्वी अर्जुन जोशीमाथि फेरी अर्को प्रहार गरेका छन् ।  जिल्लाको विकास र जिल्लाबासीको मागको विषयमा संसदमा कुरा उठाउँलान् भन्दा पूर्व सांसदलाई पेन्सन दिनुपर्छ भनेर माग गर्ने नेतालाई भोट माग्न लाज लाग्नुपर्ने बताएका छन् ।

उनले आफ्नो दुनो सोझ्याउने तर जनतालाई जहाँको त्यही राखेर विकासबादीका नारा बोकेर हिड्ने नैतिकता नभएका नेतालाई अब जनतालाई बहिष्कार गर्नुपर्नेमा जोड दिएका छन् ।

आफू जिल्लाको विकास गर्नको लागि इच्छुक भएका कारण अरुलाई धेरै पटक भोट दिएपनि केहि हुन नसकेको भन्दै आफूलाई एक पटक मतदान गर्न मतदातालाई आग्रह समेत गरेका छन् ।

बामपन्थी गठबन्धनको नेतृत्वलाई जिल्लाबासीले यसपाली विजयी गराएमा १८ बर्षदेखि लोकतन्त्रबादको नाउमा आफ्नो शासन गरेकाहरुको पत्ता साफ हुने र ५ बर्षमा जिल्लाको मुहार फेरिने उनले दाबी गरे ।

गिरीले यसपालीको चुनाव एतिहासिक भएका कारण जिल्लाको इतिहासलाई हेरेर विकासबादी सोचका साथ अगाडी बढेको बामगठबन्धनलाई मतदान गर्नको लागि मतदाताहरुलाई आग्रह गरे ।

उनले १८ बर्षसम्म सांसद हुदाँ अरुले केहि गर्न सकेनन् हामीलाई भोट दिनुहोस ५ बर्षमा जिल्लाको विकास गरेर देखाउँछौं, उनले भने । पर्वतमा आगामी मंसिर २१ गते दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुदैछ । स्थानीय तहको मतपरिणाम अनुसार पर्वतमा नेपाली काँग्रेस भन्दा बामगठबन्धन ६ हजार मतले बलियो छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!