सरस्वती माविका शिक्षक नेपाली काँग्रेसको चुनाव प्रचारप्रसारमा

Posted on: 14 Nov, 2017

पर्वत । पर्वतका शिक्षकले आफ्नो पेशागत मर्यादालाई पालना गर्न छाडेका छन् । आफ्नो पेशागत जिम्मेवारी भुलेर पार्टीको झोला बोकेर कार्यकर्ताको भुमिकामा देखिन थालेका ह््ुन् ।


मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रचारप्रसारमा सरस्वती माविका अंग्रेजी विषयका शिक्षक अमृत लामिछाने (अजय) नेपाली काँग्रेसको झण्डा बोकी हिडेका हुन् ।


विद्यालयलाई विदाबारे जानकारी नै नगराइ उनी चुनावी अभियानमा हिडेको बुझिएको छ । मंगलबार गिज्यानमा उनले आफै नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रम अन्तरगतको गाउँसभामा कार्यक्रम संचालन गरेका थिए ।


विद्यालयका प्रधानाध्यपक चन्द्रप्रसाद पौडेलले विद्यालयलाई विदा बारे कुनै जानकारी नभएको र शिक्षक के कामका लागि विदामा बसेको भन्ने बारेमा आफूलाई थाहा नभएको बताए । उनले विहान फोन आएको रहेछ तर मैले फोन उठाउन भ्याइन् पछी फोन गर्दा उनको फोन उठेन उनले भने ।


नेपाली काँग्रेसको झोला बोकेर शिक्षक बनेका लामिछानेले विद्यालयका विद्यार्थीलाई के पढाउँछन् भन्ने बारे प्रश्न उठ्न थालेको छ । आफ्नो मर्यादा र निर्वाचन आचारसंहिता विपरितका गतिविधिमा देखिन थालेका शिक्षकको गतिविधिले उनी शिक्षक भन्दा बढी नेपाली काँग्रेसको कार्यकर्ता भएको देखिन्छ । उनी स्वयमले सामाजिक संजालमा आफ्नो फेसबुक मार्फत आफ्नो कर्तुतको पर्दाफाँस गरेका छन् ।
सामाजिक संजालमा नेपाली काँग्रेसको चुनाव प्रचारप्रसारमा सक्रिय भएका गतिविधिको शिक्षकले आफैले सार्वजानिक गरेका छन् तर यसबारे जिल्ला शिक्षा कार्यालयल, विद्यालय कसैलाई पत्तो छैन वा भएर पनि कारवाही हुन सकेको छैन् । उनी केहि महिना अगाडी मात्रै करार दरबन्दीमा नियुक्ति भएका शिक्षक हुन् ।


जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले शिक्षकले आचारसंहिता र आफ्नो पेशागत मर्यादालाई उल्लघन गरी पार्टीको गतिविधिमा सहभागी भएको भए कारवाही हुने बताए । उनले विद्यालय र शिक्षकलाई पत्रकाटी स्पष्टीकरण र आवश्यक कारवाहीको लागि अगाडि बढाउने जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!