अवसर दिनुहोस् पर्वतमा विकासको लहर ल्याउनेछु– प्रदेशसभा उम्मेदवार नेत्र अधिकारी

Posted on: 15 Nov, 2017

पर्वत ।नेकपा एमाले र माओबादीको संयुक्त बाम गठबन्धनले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । प्रदेशसभाका लागि दुइ क्षेत्र भएको पर्वतमा दुवै क्षेत्रमा बामगठबन्धनले आफ्नो अभियानलाई तिब्रता पारेको हो । क्षेत्र नं १ का उम्मेदवार नेत्र अधिकारीले आफ्नो क्षेत्र र विकास लम्सालले क्षेत्र नं २ मा घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका छन् भने प्रंतिनिधिसभाका उम्मेदवार पदम गिरीले दुवै क्षेत्रमा आलोपालो पुग्न थालेका छन् । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनाव प्रचारप्रसार अभियानमा बामगठबन्धन साविकका गाउँविकास समितिहरुमा पुग्न थालेको छ ।

प्रदेशसभाका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारले आफूलाई अबसर प्राप्त भए जिल्लाको विकास गरेर देखाउने बताएका छन् । नयाँ संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गरेर देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन वाम गठबन्धनलाई जिताउनुपर्नेमा उनले जोड दिए । नेपाली जनताको लामो समय देखिको सपना पुरा गर्न दुइ पार्टी विच चुनावी तालमेल र एकताको सहमती भएको  र चुनाव लगत्तै बामगठबन्धनको एकै पार्टी हुने भएकाले पनि देशमा अब बामगठबन्धनको सरकार बन्ने बताउँदै अधिकारीले जिल्लाको विकास गर्नको लागि आफूलाई मतदान गर्न आग्रह गरे ।

बामगठबन्धनको चुनाव चिन्ह प्राविधिक कारण फरकफरक भएपनि एकिकरणपछि भने एकै हुने बताउँदै     अधिकारीले आममतादाताले बामगठबन्धनलाई विजयी गराउनुपर्नेमा जोड दिए । सधै भ्रमको राजनीति गरेर जनतालाई झुक्काउने दलका नेतालाई यसपटक पराजित गरेर जनताका असली सेवकलाई मतदान गरि विजयी गराउन सके जिल्लाको विकास हुन बेर नलाग्ने उनले बताए । वाम गठबन्धनप्रति जनता उत्साहित भएकाले पर्वतमा दश हजार मत अन्तरले वाम गठबन्धन विजय हुने  प्रतिनिधिसभाका उम्मेदवार पदम गिरीले दाबी गरे । आफ्नो गाउँ आफै बनाउँ, सामाजिक सुरक्षा भत्ता, गरिब विपन्नका लागि जनता आवास, लोडसेडीङको अन्त्य गर्ने, ठूला विकासका आयोजनाको सुरुवात र राष्टिू स्वाभिमान जोगाउने काम वामपन्थीको सरकारले गरेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!