सल्यानमा शहिद परिवारले वाम गठबन्धनको झन्डा च्यात्दै चुनावी कार्यक्रम बिथोले

Posted on: 15 Nov, 2017

कात्तिक २९, सल्यान । शसस्त्र द्धन्द्धको समयमा तत्कालिन राज्य पक्षबाट ज्यान गुमाएका परिवारहरुले सल्यानमा वाम गठबन्धनका झन्डा च्याथ्नुका साथै कार्यक्रम बिथोलिदिएका छन् । 

बागचौर नगरपालिकामा वामगठबन्धनको कार्यक्रम चलिरहदा आज आफ्ना आफन्तका हत्यारालाई भोट दिदैनौ भन्दै परिवारहरुले वाम गठबन्धनका झन्डा च्याथनुका साथै कार्यक्रम नै बिथोलिदिएका हुन् । 


शसस्त्र द्धन्द्धको समयमा आफ्ना आफन्तलाई हत्या गर्न लगाउनेलाई कुनै पनि हालतमा भोट हाल्न नसकिने बताउदै शहिद परिवारहरुले नारा जुलुश गर्दै झन्डा च्याथिदिएका थिए । 

वाम एकताको नाममा एमालेको हालिमुहाली भएको तथा शसस्त्र द्धन्द्धकोक्रममा ज्यान गुमाएका आफ्ना आफन्तहरुको रहतमाथि खेलवाड भएकाले झन्डा च्याथेर फालेको उनिहरुको भनाई रहेको छ । 

शहिद तथा घाइतेहरुको सपना पुरा गर्नुको सट्टा पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण उम्मेदवारलाई आएकाले झन्डा च्याथ्नुका साथै कार्यक्रम समेत बिथोलेको उनीहरुको भनाई रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!