बामगठबन्धनका नेताद्धय प्रचण्ड र ओली आज पर्वतमा

Posted on: 16 Nov, 2017

कात्तिक ३०, पर्वत । पर्वतको सदरमुकाम कुश्मामा बामगठबन्धनका दुई नेता प्रचण्ड र केपी ओली आज विहिवार आउदैछन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओलीले कुश्माको बान्द्रेविडिमा आयोजना गरिने विशाल आमसभामा मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।  

नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीको संयुक्त बामगठबन्धनले विशाल चुनावी सभामा दशौ हजार कार्यकर्ताहरु सहभागी हुने दावी गरेका छन् । बामगठबन्धनका नेताहरु प्रचण्ड र ओलीले चुनाव प्रचारप्रसारको राष्टिूय कार्यक्रम अनुसार ४ नं. प्रदेश अन्तर्गत बाग्लुङ, पर्वत र स्याङ्जा जिल्लामा एकैदिन चुनावी मन्तव्यको कार्यक्रम रहेको जनाइएको छ ।  

विहिवार बाग्लुङमा आयोजना हुने चुनावीसभामा सम्वोधन पश्चात बामगठबन्धनका नेताहरु प्रचण्ड र ओली पर्वतको कुश्मामा आउने कार्यक्रम तय भएको हो । पर्वतको चुनावी आमसभामा विहिवार दिउँसो २ देखि ३ बजेको विचमा नेता प्रचण्ड र ओलीले सम्वोधन गर्ने बामगठबन्धन पर्वतका जिल्ला नेता मेघनाथ सुवेदीले बताए ।

नेता प्रचण्ड र ओलीको पर्वत आगमन र सम्वोधनलाई पर्वतवासी जनताले चासो दिएर बसेका छन् । बामगठबन्धनका वरिष्ठ नेताहरुको मन्तव्यलाई बामगठबन्धनका कार्यकर्ता मात्र नभई कांग्रेसी कार्यकर्ताहरु साथै सर्वसाधारणको चासो समेत उल्लेख्य छ । राष्टिूय नेताहरुको मन्तव्यले जिल्लाको चुनावी माहौल समेत बढ्ने अनुमान जिल्ला नेतृत्वको छ ।  

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!