बामगठबन्धनले लोकतन्त्र पक्षधरहरुलाई एकजुट बनाए: उपाध्याय

Posted on: 16 Nov, 2017

इमरान खान | कात्तिक ३०, कपिलवस्तु | आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागी कपिलवस्तु क्षेत्र नं. १ मा नेपाली काग्रेसका उमेद्धवार प्रचार प्रसारमा ब्यस्त रहेका छन ।

मंसिर २१ गते हुने निर्वाचनका लागी नेपाली काग्रेसलाई जिताउन उमेद्धवार सहित नेता कार्यकर्ता अहिले भेटघाट, घरदैलो र कार्यक्रममा ब्यस्त देखिएका हुन । नेपाली कांग्रेश वाणगंगा नगर स्तरिय प्रचार-प्रसार समितिको कार्यालयको जितपुरमा उद्घाटन गर्नुहुँदै उहाँले प्रतिश्पर्धि दलहरुले चुनावी कार्यक्रमलाई अत्यन्त मित्रवत ढंगबाट अगाडी बढाउनुपर्ने पनि बताउनुभयो ।

 नेपाली काग्रेस क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार तथा भारतका लागि पूर्व नेपाली राजदूत दिप कुमार उपाध्यायले बामगठबन्धनले लोकतन्त्र पक्षधरहरुलाई एकजुट बनाएको बताउदै जनताकै साथले आएको लोकतन्त्र जोगाउन जनताले नेपाली काग्रेसलाई जिताउनेमा बिश्वस्त रहेको बताए । 


मुलुकको आर्थिक सम्वृद्धि र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसलाई नै जिताउनु पर्ने भारतका लागि पूर्व नेपाली राजदूत तथा प्रतिनिधी सभा क्षेत्र नं. १ का उमेदवार दिप कुमार उपाध्यायले बताउनुभएको छ । कपिलवस्तुको बिकासका दृष्टिकोणले निकै पछि परिएकोे कपिलवस्तुलाई बिकासको मुलधारमा ल्याउन आफुले नेतृत्वदायी भुमिका खेलेको सम्झदै अझै यस कपिलवस्तु जिल्लाका बिकासका धेरै काम गर्न बाकी रहेको उनले बताए । 

कपिलवस्तु जिल्ला एतिहासिक जिल्ला हो । नेपाल आधिराज्यको सबै भन्दा पुरानो तथा पिछिडिएको जिल्ला माध्य कपिलवस्तु जिल्ला पनि एक हो र यस जिल्लाले धेरै नै एतिहास बोकेको जिल्ला हो । यो कपिलवस्तु जिल्ला पुरातात्विक स्थलले भरिपरेका जिल्ला हो । तर पनि यो जिल्लाको बिकास हुन न सकेर अब यसको बिकास र यस जिल्ला लाई आन्र्तरष्ट्रिय सम्मा चिनाउने, शिक्षाको बिकास गर्ने, युवाहरु बिदेश पलाएनलाई न्युन गरि रोजगारिमुलक जिल्ला बनाउने उपाध्यायले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!