गोरखामा शक्तिशाली बम विष्फोट

Posted on: 16 Nov, 2017

कात्तिक ३०, गोरखा ।  गोरखा क्षेत्र नम्बर २ को सिरदी खोला पुल नजिकै बम विस्फोट भएको छ । 

गोरखा नगरपालिका ११ पर्ने सिरदी खोलाको पुल नजिकै सडकमा बम विस्फोट भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीका अनुसार बम विस्फोट भएको खबर स्थानीबाट आएको बताएका छन् । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।  

सुरक्षाको दृष्टिकोणले अति संवेदनशील भनिएको उक्त क्षेत्रमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका बाबुराम भट्टराई चुनावमा भिड्दैछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!