संविधानको रक्षाका लागि बाम एकता: एमाले उपाध्यक्ष रावल

Posted on: 16 Nov, 2017

कमल रावल | कात्तिक ३०, अछाम | नेकपा एमाले उपाध्यक्ष भीम रावलले संविधानको रक्षाका लागि बाम एकता भएको बताउनु भयो । 

आज रामारोशन गाउपालिका अन्र्तगत शान्तडा र चाफामाण्डौमा भएको बाम गठबन्धनको चुनावि आम सभालाई सम्बोधन गर्दै रावलले रामारोशन क्षेत्रको विकासका लागि आफुले सधैँ भुमिका खेलिरहेको बताउनु भयो । उहाँले रामारोशन क्षेत्रको अबरुद्ध विद्युत सुचारु गर्ने, पर्यटक मार्ग फराकिलो सहीत १२ महिना सम्म यातायातका साधन चल्न सक्ने सडक बनाउने बताउनुभयो । 


अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार समेत समेत रहेका रावलले अहिलेको सरकारले विभिन्न बाहानमा लाखौ रकम बाडेको र आचार संहिताको धज्जी उडाएको आरोप लगाउनु भयो । कार्यक्रममा माओवादि केन्द्रका सचिवालय सदस्य एवम समानुपातिक उम्मेद्धार तारा मान स्वारले अबको देश चलाउने पालो वाम गठबन्धनको रहेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभामा बाम गठबन्धनका उम्मेद्धारलाई बहुमतका साथ जिताउन आग्रह गर्नु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!