चुनावकै मुखमा नयाँ शक्तिलाई झटकाः सचिवालय सदस्यद्धारा पार्टी परित्याग

Posted on: 17 Nov, 2017

राम नारायण पंडित | मङ्सिर १, सिरहा | नयाँ शक्ति नेपालका भातृ संगठन राष्ट्रिय युवा अभियानका केन्द्रिय सचिवालय सदस्य रामेश्वर यादब (मडर) ले पार्टी परित्यागको घोषणा गरेको छ । 

चुनावको संघारमै आएर राष्ट्रिय युवा अभियानका जिल्ला संयोजक समेत रहेका यादब आज (शुक्रबार) प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको सम्पुर्ण जिम्मेबारीबाट राजिनामा दिँदै पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हु्न् ।

पार्टीको मुल्यमान्य बिपरित अन्य पार्टी जस्तै नश्लबादी क्रियाकलाप गरि सक्रिय नेता कार्यकर्ताहरुलाई हतोत्साहित र बदनाम गराउने काम पार्टी भित्रैबाट मैलाउदै गएकोले पार्टी परित्याग गर्न बाध्य भएको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!