बाम गठबन्धनको चुनावी सभामा बम प्रहार, टाइम बम बिस्फोटमा ३ जना घाइते

Posted on: 18 Nov, 2017

मंसिर २, भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभा भइरहेका बेला बम विस्फोट भएको छ । 

सभामा प्रदेशसभा ‘क’ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै कार्यक्रमस्थलबाट एक सय मिटर पर बम विस्फोट भएको हो । बम विस्फोट भएपछि सभाका सहभागी तितरवितर भएका थिए ।

विस्फोटका कारण कसैलाई पनि केही नभएको प्रहरीले जनाएको छ । 

टाइम बम बिस्फोट हुँदा ३ जना घाइते 

यसैबिच भोजपुरकै षडानन्द नगरपालिका–१३ तिनतले नजिकैको भीरथाप्लोमा टाइम बम विस्फोट हुँदा तीन जना घाइते भएका छन् । बिस्फोटमा युवा संघका कार्यकर्ता विक्रम राई र दुईजना प्रहरी घाइते भएका छन् । 

बाटोमा राखिएको टाइम बमबारे बुझ्न प्रहरी टोली गएको र भिड हटाउने क्रममा बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेलाई उपचारका लागि सदरमुकाम लगिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!