मतदान गर्न ८ दिन बाँकि, मतदाता शिक्षा थाहा छैन मतदातालाई

Posted on: 18 Nov, 2017

चिसाङ शेर्पा/मंसिर २, खोटाङ । सदरमुकाम भन्दा टाढाका पालिका तथा वडाहरुमा मंसिर महिनाको २ गते हुंदासम्म मतदाता शिक्षा कार्यक्रम पुग्न नसक्दा मतदाताहरु अलमलमा रहेका छन् । 

निर्वाचनमा भोट लगाउने, पट्याउने, समानुपातिक, प्रदेशसभा, प्रनिनिधिसभाजस्ता विषयहरुमा कसरी भोट लगाउने, चनिाव चिन्ह चिन्ने कुरामा मतदाताहरु अन्यौलमा परेका छन् । 

विकट गाउँ भएका कारण चुनावी प्रचारप्रसार समेत अझै आईनपुगेको खोटेहाङ गाउपालिका ९ लिच्कीराम्चे माबेथुम्काका मतदाता प्रेम कुमार रायले बताउनुभयो । 

प्रचारप्रसार अभावकै कारण सोही पालिका सिमपानी ८ कसेरीका ५५ वर्षिय चन्द्रकला राईलाई उम्मेद्वार नै थाहा नभएको बताए । मतदाता शिक्षा हत्तपत्त आईपुग्दैन उनले भने, “हामी त मतदाता शिक्षा के हो थाहा पाउदैनौ ।”

निर्वाचन आउन ८ दिन वाँकी रहंदासम्म गाउगाउमा मतदाता शिक्षा पुग्न नसक्दा भोट बिग्रने, बद्धर हुनेजस्ता समस्याले सहभागी राजनीतिक दल संम्बद्ध सवै पार्टीको भोट खेर जाने क्षेत्र नम्बर २ (क) का प्रदेशसभाका कांग्रेस नेता तथा उम्मेद्वार विष्णुकुमार राईले बताउनुभयो ।

हप्तादिनपछि प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भए पनि जिल्लाका पुर्वी गाविस तथा साविकका वडाहरु चिसापानी, सवाकटहरे, ईन्द्रेणीपोखरी, चिप्रिङ, सिमपानी, लिच्कीराम्चे लगायत गाविसका अति विकट वस्तीहरुमा अझै मतदाता शिक्षा प्रदान गर्ने व्यक्तिहरु पुगेका छैनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!