सल्यानमा नेकपाले फेरी निर्वाचन सामाग्री जलायो

Posted on: 19 Nov, 2017

मंसिर ३, सल्यान । सल्यानमा निर्वाचन मतदाता शिक्षा सामाग्री लुटिएर जलाइएको छ ।

प्रक्रियाको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री जलाएको जनाएको हो । जिल्लाको ढोरचौर गाउँपालीका १ बाँचकाँडामा सनिबार दिउँस निर्वाचन आयोगका कर्मचारीहरुले मतदाताहरुलाई सिकाउदै गर्दा आफ्ना कार्यकर्ताले खोसेर जलाएको पार्टीका जिल्ला ईन्चार्ज डिल्लीराज शर्माले जनाएका छन ।


यस विषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरत कुमार विकले आफुहरूलाई आधिकारिक रूपमा जाकारी नभएको बताएका छन् ।

यस अघि पनि नेकपाले बागचौर नगरपालिका ३ खालिमा माओवादी र एमालेका कार्यकर्ताबाट खोसेर बाम गठबन्धनका चुनाव प्रचार सामाग्री जलाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!