सर्लाहीमा निर्वाचनका लागि शुरक्षा सतर्कता कडा बनाइयो

Posted on: 19 Nov, 2017

सरोज यादव | मङ्सिर ३, सर्लाही | आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै सर्लाही प्रहरीले जिल्लामा शुरक्षा सतर्कता बढाएको छ । मंसिर २१ गते एकैसाथ सम्पन्न हुने निर्वाचनलाई शान्तिपुर्वक र भयरहित वातावरणमा सम्पन्न गराउन शुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डि.एस.पी राजेश थापाले साझा सबाल डटकमलाई बताउनुभयो ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसंधानले निर्वाचन शुरक्षाका लागि बेग्लै योजनाहरु लागू गर्न लागेका छन् ।निर्वाचन को विरोधमा कुनै पनि किसिमको गतिविधिहरु हुन नदिन सर्लाहीमा अतिसम्वेदनशिल मानिएका क्षेत्रहरुमा गस्ती बढाइएको प्रहरी प्रवक्ता एवं डि.एस.पी थापाले जानकारी दिनुभएको छ । 

निर्वाचनको दिन नजिकिँदै जाँदा केही दिन देखि चुनाव बिथोल्नको लागि विभिन्न जिल्लाहरुमा अपराधिक गतिविधि भइरहेका कारण सर्लाहीको प्रशासन चनाखो बनेको छ ।सर्लाहीमा चुनावलाइ लक्षित गरेर कुनैपनि किसिमको घटनाहरु अहिले सम्म नघटेको र पछि पनि घट्न नदिन आफ्नो टोली हरबखत सतर्क रहेको शसस्त्र प्रहरीका एस.पी रविन्द्र ठाकुरले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!