नेकपा माओवादी केन्द्र बझाङले आज शोक सभा मनायो

Posted on: 19 Nov, 2017

मङ्सिर ३, बझाङ्ग | नेकपा माओवादी केन्द्र बझाङले आयोजना गरेको शोक सभा सम्पन्न भएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल को हृदयघात भई असमाहिक निधन भएकाले नेकपा माओवादी केन्द्र बझाङले शोक सभा आयोजना गरेको थियो । 

नेकपा माओवादी केन्द्र बझाङको पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले मृतक दाहाललाई सम्झेर एक मिनेट मौनधारण गरी उनको फोटोमा अविर र माला लगाई शोक सभा मनाएको थियो ।

बामगठबन्धनका नेताहरुले अकस्मात हृदयघात भएर मृत्यु भएका प्रकाश दाहालको भावपूर्ण श्रदाञ्जली र दाहाल परिवारलाई भगवानले  धैर्यधारण गर्ने शक्ति प्रदान गर्ने आशा व्यक्त गरेका छन । 

शोक सभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खडका, नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य देवराज रेग्मी पूर्व सांसद अफिलाल ओखेडा, जयपृथ्वी नगरपालिका मेयर बिरेन्द्र खडका, नेता मिन बहादुर कुबर, रतन बहादुर सिंह, बिक्रम खडका लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!