नुवाकोटमा वामगठबन्धन र काँग्रेस कार्यकर्ताविच, तीन जना घाइते

Posted on: 20 Nov, 2017

मङ्सिर ४, नुवाकोट । नुवाकोटमा बाम गठबन्धनका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताविच झडप हुँदा तीन जना घाइते भएको छन् ।

उत्तरी भेगमा रहेको फिकुरीमा झडप हुँदा वामगठबन्गधनका तीन कार्यकर्ता घाइते भएका हुन् । घाइते हुनेमा ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । 


तीनै जनाको सदरमुकाम विदुरमा रहेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।

सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरपश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका-२ फिकुरीमा आइतबार राति निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा एमाले र माओवादी कार्यकर्तामाथि लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ । तर यता कांग्रेसले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको बताएको छ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!