रतन्छामा विजुली नबल्नु मुख्य कारक माओवादी हो: राई

Posted on: 20 Nov, 2017

मङ्सिर ४, खोटाङ । नेपाली कांग्रेस खोटाङका प्रदेश (ख) का प्रत्यक्ष उम्मेद्वार विष्णुकुमार राईले रतन्छामा विजुली वक्ती नवल्नुको मुल कारक माओवादी पार्टी भएको बताउँनुभएको छ । 

सोमवारे चुनावी सभालाई संवोधन गर्दै राइले पुर्वसभासद तथा माओवादी नेता हाल बाम गठबन्धनबाट प्रदेशसभा (ख) का  प्रत्यक्ष उम्मेद्वार रामकुमार राई (पासाङ) को गाउँनै अन्धकार हुनु लज्जास्पत भएको बताउँनुभएको छ ।


साकेला गाउाँपालिकाका सवै वडामा विजुली बत्ती बल्नु तर नेताकै जन्मस्थान रतन्छा दुईमा नबल्नु उहाँकै बेईमानी भएको बताउँनुभएको छ । पारी दिक्तेल झिलीमली देखिने, उत्ता मात्तिम, खिदिमा, यता दोर्पा, निर्मलीडाँडा झिलिमिली वक्ती बल्नु तर रतन्छमा वक्ती नवल्नु नेता राईको बेईमानीका कारणले भएको उहाँको भनाई छ । रतन्छामा विजुली वक्ती पु¥याउँनका लागि कांग्रेसले पटक–पटक प्रयास गरेको भएपनि त्यहिका कम्युनिष्ट नेताहरुले वक्ती वाल्न नदिएको उहाँको आरोप छ ।

उहाँले भन्नुभएको छ, रामकुमार राई सभासद जितेर काठमाण्डौंमा वस्ने अनि टिकट ल्याएर भोट माग्नमात्र मुख देखाउँने पर्यटक नेतालाई जनताले कुनै पनि हालतमा भोट दिन नसक्नेसमेत घोषणा गर्नुभएको छ  । आफु जन्मेको ठाँउको विकास गर्न नसकन्ने नेताले समग्र जिल्लाको विकास कसरी गर्न सक्छ? राईले प्रश्न गरेका छन् ।

कार्यक्रमलाई महासमिति सदस्य तथा यूवा नेता रविप्रकास राई, समानु्पातिक उम्मेद्वार हिरा गुरुङ, यूवा नेता भुपेन्द्र राई, क्षेत्रिय सभापति तीर्थराज भट्टराईलगायतका नेताहरुले संवोधन गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!