सम्मान स्वरुप वडा कार्यालय लफ्याङमा राखियो प्रधानपञ्चहरुको फोटो

Posted on: 22 Nov, 2017

चिसाङ शेर्पा | मंसिर ६, खोटाङ | लफ्याङमा २०१८ सालदेखी २०५४ सालसम्मका प्रधानपञ्चहरुको फोटो, नामावली, ठेगाना र कार्य अवधि राखिएको छ । मंगलवार रुपाकोट मझुवागढी नगरपालिका ५ स्थित वडा कार्यालयमा राजनीतिमा लामो समय विताएर लफ्याङको विकासमा टेवा पुर्याउने राजनीतिज्ञ व्यक्तिहरुको सम्मान स्वरुप दस्तावेजीकरण गरिएको हो । 

बिःस २०१८ का मनोनित प्रधानपञ्च ईश्वरधन चाम्लिङ राई, २०२३ र २०३० सालका निर्वाचित प्रधानपञ्च स्वर्गीय धनजित राई, २०२६ सालका प्रधानपञ्च स्वर्गीय प्रेम सुन्दर राई, २०३४ का प्रधानपञ्च मधुसुधन घिमिरे, २०३८ र २०४३ सालका प्रधानपञ्च बलराम राईको सम्पुर्ण विवरण राखिएको हो ।

२०४६ सालयता देशमा बहुदल आएसंगै गाउ विकास समिति घोषणा पश्चात २०४९ सालका गाविस अध्यक्ष बन्नुभएका अञ्चल कुमार राई र २०५४ सालका गाविस अध्यक्ष बन्नुभएका बलराम राईको फोटो, नाम, विवरण राखिएको लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिनुभयो ।  

‘राजनीति सेवा हो सेव गर्ने मान्छेलाई नभुलौ’ भनेर प्रधानपञ्च तथा गाविस अध्यक्षहरुको फोटोसहित विवरण र उपप्रधानपञ्चहरुको फोटोरहित ताम्रापत्रमा दस्तावेज राखिएको राईको भनाई छ । दस्तावेज राखिएसंगै वडामा ऐतिहासिक कामको थालनी भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!