शेरबहादुर देउवा र डा.बाबुराम भट्टराई रोल्पा आउँदै

Posted on: 22 Nov, 2017

कविता उपाध्याय/मंसिर ६, रोल्पा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई रोल्पा आउदै हुनुहुन्छ । 

नेपाली कांग्रेस तथा लोकतान्त्रीक गठबन्धन रोल्पाद्वारा संयुक्त रुपमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्न उहाँहरु भोलि बिहिबार दिउसो एक बजे रोल्पा आउन लागेको नेपाली कांग्रेस रोल्पाका सभापति तथा सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले जानकारी दिनुभयो । 

निकै ब्यस्त समयका बाबजुदपनि उहाँहरु रोल्पा आउन लागेको खवरले रोल्पालीहरुले निकै हर्षित भएका छन् । साथै सो कार्यक्रममा उपस्थितिका लागि आयोजकले सम्पूर्ण रोल्पालीहरुलाई अनुरोध समेत गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!