खोटाङको क्षेत्र नम्बर २ मा एमालेले बिगारेको सेटिङमा पासाङलाई अप्ठ्यारो

Posted on: 23 Nov, 2017

मंसिर ७, खोटाङ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा (ख) का प्रत्यक्षतर्फका उम्मेद्वार रामकुमार राई पासाङलाई क्षेत्र नम्बर २ मा उनकै पार्टी र एमालेका कार्यकर्ताले आंशिक रुपमा मात्रै भोट लगाउने देखिएको छ । 

सोही कुरालाई आधार मान्ने हो भने राईको जित डगमगिन सक्छ । माओवादी केन्द्रको पृष्ठभुमीवाट राजनीति शुरु गरेका उम्मेद्वार राईलाई विकास विरोधी र ज्यानमाराको आरोप छ । नेकपा एमालेसंग चुनावी तालमेल गरेका राईप्रती माओवादी र एमालेकै कार्यकर्ता रिसाईरहेका छन् । 

एमालेका नेता विशाल भट्टराईले खोटेहाङ गाउपालिका खोटाङवजारमा सारेको रिष एमाले, माओवादी केन्द्र कार्यकर्ताले बोकेर बसेका छन् । तत्कालिन नेकपा माओवादी कार्यकर्ताद्धारा बाझेच्यानडाडाँका कालुमान गुरुङ, दया ढकाल, चिसापानीका हर्क बहादुर राई, लफ्याङका मुक्सन किराँत, छितापोखरीका ध्रुब खड्काको हत्या, बराहपोखरी गाउपालिका सुन्तलेस्थित सोनापातलको टेलिफोन टावर ध्वस्त बनाएका तथा नयाँ टावर बनाउन नसक्दा सञ्चार सुविधावाट बञ्चित स्थानिय यही चुनावलाई मौका हेरेर बसेका छन् ।

बाम गठबन्धन गरेका माओवादी केन्द्रलाई क्षेत्र नम्बर २ र १ मा नै समस्या देखिन्छ । तर, त्यसको बढी असर पासाङलाई नै पर्ने अनुमान छ । एमालेका कार्यकर्ता विशाल भट्टराईको रिसिभी लिएर उनलाई भोट नहाल्दा माओवादी केन्द्र कार्यकर्ता पनि रुष्ट देखिने संम्भावना वढी छ ।

एमालेले सेटिङ बिगारेको स्थानमा पासाङले टिकट लिनु नै दुर्भाग्य हो । यसैपनि २ नम्बर क्षेत्रमा खोटेहाङ गाउपालिकाको ईन्द्रेणीपोखरी, चिप्रिङ, सिमपानी र लिच्कीराम्चेका स्थानीयहरु एमाले कार्यकर्ताहरु आफ्नै उम्मेद्वारको घोर विरोध गर्दै आईरहेका छन् । एमालेसंग रुष्ट कार्यकर्ताले एमालेसंगै सहकार्य गरेर उठेका पासाङलाई भोट दिने परको कुरा हो । 

यस्तै, नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई अगाडी देखिने संभावना छ । उनलाई बाम गठबन्धनले थप सहयोग पुग्ने देखिन्छ । एमालेले सेटिङ बिगारेको ठाउमा गठबन्धनले माओवादीलाई उठाउनु र चुनाव जितेपछि गाउँ नै नपसेका नेता उम्मेद्वारी हुनु विष्णुका लागि गोल्डेन अवसर हो ।

जनताका हकाधिकारका विषयमा वकालत गर्दै आएका विष्णुलाई मतदान हुनु अघि नै जनता भोट लगाउन ब्यग्र प्रतिक्षामा रहेको परिदृश्यले पनि २ नम्बर क्षेत्रमा उनले बाजी मार्ने आँकलन गर्न सकिन्छ । 

डर, धम्की र त्रासमा जनतालाई यातना दिएका पासाङलाई एक हिसाबले आफ्नै कर्मले ठगेको छ । त्यसको फाईदा प्रदेशसभा उम्मेद्वार विष्णु र प्रतिनिधिसभाकी महिला उम्मेद्वार सरस्वती वजिमयले लिने देखिन्छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!