बाम गठबन्धनलाई ठुलो धक्का, एमाले र माओवादीका सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on: 23 Nov, 2017

मंसिर ७, खोटाङ । नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा संयौ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । 

एमालेका प्रखर नेता हलेसी तुवाचुङ नगरपालिकास्थित जयरामघाटका जयराम गिरी सहित अन्य कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । प्रदेश नम्बर १ का  राजापानी, वुईपा, सल्ले, हलेसी, बडहरे, बाहुनीडाँडा, अख्रौले, नुनथला लगायतका ठाँउबाट एमाले तथा माओवादी केन्द्र परित्याग गरि ७ सय भन्दा बढी व्यक्ति कांग्रेसमा प्रवेश गरेको जनाईएको छ  ।

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ कांग्रेसका अगुवा नेता नर बहादुर श्रेष्ठको टिम कांग्रेसमा प्रवेश गरेका छन् । २०४८ सालमा कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका श्रेष्ठलाई एमालेले आफ्नो पार्टीमा प्रवेश गरेको भनेर भ्रम फैलाएको र आफु एमालेमा प्रवेश नगरेको उनले भनेका छन् । यस्तै, रुपाकोट मझुवागढी नगरपालिकास्थित सोल्माबाट ६५ जनाभन्दा बढी व्यक्ति कांग्रेसमा प्रवेश गरेको जनाईएको छ ।

उता, साकेला गाउपालिकामा सोमवार भएको कांग्रेसको चुनावी सभामा नेकपा एमाले तथा माओवादी केन्द्रका हस्ती मानिने एक सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जनाईएको छ ।

यसैगरी, खोटेहाङ गाउपालिका, दिप्रङ गाउपालिका, बराहपोखरी गाउपालिका, जन्तेढुंगा गाउपालिकावाट सयौ विपक्षी दलका कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् । ईन्द्रेणीपोखरी, चिप्रिङ, सिमपानी र लिच्कीराम्चेका एमाले कार्यकर्ताहरु एमालेका पुर्व सभासद विशाल भट्टराईको क्रियाकलापवाट पार्टी परित्याग गरेका बताएका छन् ।

मंगलवार भएको चुनावी सभामा रुपाकोट मझुवागढी नगरपालिका दोर्पा ७ चिउरीडाडाँमा ३० जना एमाले तथा माओवादी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका नयाँ कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथि तथा उम्मेद्वारले अविर जात्रा गरी स्वागत गरेका थिए ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!