थबाङमा बाम गठबन्धनको प्रचार टोलीमाथि बम प्रहार

Posted on: 23 Nov, 2017

मंसीर ७, रोल्पा । संयुक्त वाम गठबन्धन थबाङ गाउँपालिकाको प्रचार टोली माथि ग्रिनेट प्रहार भएको छ । 

प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी रहँदा बम आतंक रोल्पामा रोकिएको छैन् । बिहिबार दिउसो १ बजेरतिर थबाङगाउँपालिकाको फुन्टीबाङमा नजिकैको जंगलबाट बम प्रहार भएको थियो । 

थबाङगाउँपालिका प्रचार प्रसार संयोजक रिसिकेश बुढा सबिन लगायतको टोली माथि प्रहार भएको बमका कारण कुनै क्षति नभएको बताइएको छ । 

थबाङगाउँपालिका उवा निवासी नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार नबिन रोकामगर लगायतको टोलीमाथि ग्रिनेट प्रहार भएको थबाङ प्रहरीले बताएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!