सर्लाहीमा १ हजार ७७४ प्रहरी र ३ हजार ११३ म्यादी खटाइने

Posted on: 24 Nov, 2017

सरोज यादव/मङ्सिर ८, सर्लाही । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि सर्लाहीमा ११८ वटा मतदान स्थल र ५१५ वटा मतदान केन्द्रहरु तोकिएको छ 

तोकिएका मतदान केन्द्र मध्य १४१ मतदान केन्द्र अति संवेदनशील,१५१ संवेदनशील र २६ मतदान केन्द्र सामान्य रहेको सर्लाहीका प्रवक्ता एवं डि.एस.पी राजेश थापाले जानकारी दिनुभयो । 

मतदान केन्द्रको सुरक्षका लागि प्रत्येक मतदान केन्द्रमा ३ जना नेपाल प्रहरी र ४ म्यादी प्रहरी खटाउने तयारी भएको डिएसपी थापाले जानकारी दिनुभयो । चुनावी सुरक्षाका लागि सर्लाहीमा १ हजार ७७४ नेपाल प्रहरी र ३ हजार ११३ म्यादी प्रहरी परिचालित हुने प्रवक्ता थापाले बताउनुभयो । 

चुनाव बिथोल्नका लागि बिप्लव समुहको नेपाल कम्नियुष्ट पार्टी र केही तराइ केन्द्रित भुमिगत समुह जिल्लामा सक्रिय रहेको सुरक्षा समितीको भनाई रहेको छ । 

जिल्लाका अधिकांश मतदान केन्द्र भारतिय सिमासँग जोडिएकाले नेपाल र भारत दुवै पक्षका सुरक्षा समितीको बैठक बसेर थप सुरक्षा ब्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । 

विगतमा भएका निर्वाचनका गतिविधिहरुलाई ध्यानमा राखेर अति संवेदनशील सूचीमा समावेश गरिएका मतदान केन्द्रहरुमा विशेष सुरक्षा योजना लागु गरिने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनुभयो । 

सर्लाहीमा चार प्रतिनिधि र आठ प्रदेश सभा निर्वाचन क्षेत्र कायम गरिएको छ । मसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचमा ३ लाख ८५ हजार ५८१ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय सर्लाही जनाएको छ । 

जनसख्याको हिसावले सर्लाहीमा महिलाको सख्या बढी भएपनि मतादाता सख्यामा भने पुरुष भन्दा महिला मतादाता करिव ३८ हजारले कमी रहेको कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!