काँग्रेसका कारण जनताले ३० बर्षसम्म दु:ख भोग्नुपर्यो: रावल

Posted on: 24 Nov, 2017

कमल रावल/मंसिर ८, अछाम । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेपाली काग्रेसका कारण जनताले ३० बर्ष सम्म दुख्ख भोग्नु परेको बताउनु भएको छ । 

२०१५ सालमै २ तिहाई बहुमत काग्रेसलाई जनताले दिदा पनी देश बिकास तिर बढ्नुको साटे जनतालाई धोका मात्र भएको बताउनु भयो । अछाम क्षेत्र नम्बर २ को ढकारीमा भएको बाम गठबन्धनको बृहत चुनावि सभालाई सम्बोधन गर्दै पुर्व उपप्रधान मन्त्री तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार समेत रहेका रावलले देशको समृद्धि, पछौटे पनलाई अघि बढाउन र सविधानको सफल कार्यान्वयनका लागि बामगठबन्धको सरकार आवश्य रहेको बताउनुभयो । 


अब निर्वाचन पछी २ तिहाई बहुमतका साथ गठबन्धनको सरकार निर्माण हुने भएकाले स्थायी शान्ती र समृद्धि तिर देश अघि बढने दाबि गर्नु भयो । एक अर्को प्रसंगमा रावलले प्रधानमन्धी शेर बहादुर देउवाले कम्युनिष्ट भएपछी हास्न नि मिल्दैन भन्ने अभिब्यक्ति हास्यासपद भएको बताउनु भयो । जनताको मतको कदर गर्न नसक्ने काग्रेसले देशको बिकास कहीले पनी नचाहेको उनको भनाई थियो । 

बाम पन्थीका विगतमा भएका सरकारले महत्वपुर्ण योजना ल्याएपनी पट्क पट्क सरकार परिवर्तने कार्यान्वयन हुन नसकेकाले अब गठन हुने सरकारले सबै पुरा गर्न आश्वासन समेत दिनु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्न ढकारी पुग्नुभएका नेकपा माओवादि केन्द्रका बरिष्ठ नेता राम बहादुर थापा बादलले एमाले र माओवादि केन्द्र पार्टी एकिकरण हुनेमा जनतालाई कुनै शँका नगर्न आग्रह गर्नु भएको छ । 

मंसिर २१ गते पछी लगतै पार्टी एकिकरणको अभिया सुरु हुने र पार्टी एकता भईसकेपछी स्थानिय देखि केन्द्र सम्म सबै नेतालाई ब्याबस्थापन गर्दै लैजाने बताउनु भयो । 


अछाममा बामगठबन्धका उम्मेद्धारको जित सुनिश्चित भईसकेकाले आफु शुभकामना दिन अछाम पुगेको बताउनु भयो । साथै उहाँले अब देशको जिम्मेवारी बाम गठबन्धनको काधमा आईसकेकाले २ तिहाईका साथ बामपन्थी सरकार निर्माण हुने दाबि समेत उहाँको रहेको थियो । 

नेकपा एमाले ढकारी गाउपालिका ईञ्चार्ज नवराज साउदको अध्यक्षतामा भएको कार्यक्रमलाई पुर्व सभासद तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, नेकपा एमाले र नेकपा माओवादि केन्द्रका केन्द्रिय स्तर र जिल्ला स्तरका नेताले समेत सम्बोधन गर्नुभएको थियो । बामगठन्धनको चुनावि सभा आजै तुर्माखादमा समेत सम्पन्न भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!