६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी सुरक्षित पुगे

Posted on: 24 Nov, 2017

नन्द बहादुर रोकाया/मङ्सिर ८, मुगु । जिल्लामा मसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागी जिल्लाका ६० वटै मतदान केन्द्र मा मतदान सामाग्री र कर्मचारी सुरक्षितसाथ पुगेका छन । 

जिल्लामा रहेका ६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी पुगि सकेको तथा सबै केन्द्र सुरक्षित रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मसिर १० गते हुन लागेको प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न उच्च सुरक्षा सर्तकता अपनाईएको कार्यालयले जनाएको छ । 

भौगिलक विकटताले केही मतदान केन्द्र पुग्न समय लाग्ने देखिए पछि निर्वाचनमा खटिएको जनशक्तिलाई मंसिर पाँच गते नै परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी राजीमान बुढाले जानकारीनुभयो । 

सबै मतदान केन्द्रमा कर्मचारी र मतदान सामाग्री सुरक्षित रुपमा पुगेका तथा मतदाता परिचय पत्र वितरण गर्ने कार्य समेत चलिरहेको उहाँको भनाई छ । सदरमुकाम गमगढी आसपासमा रहेका पाँच वटा मतदान केन्द्रका मतदान सामाग्री भने कार्यालयमा नै रहेका छन ।  

महाकाली उच्च मावि, निमावि भारेकोट, प्रावि सेतिवाडा, निमावि कार्कीवाडा र तलितुम गरि पाँच वटा मतदान केन्द्रका निर्वाचन सामाग्री शनिवार मात्र बुझाईने छ । 

जिल्लाका ६० मतदान केन्द्र मध्य १८ वटा केन्द्र अति संम्वेदनशील, १९ वटा केन्द्र सम्वेदनशील र २३ वटा मतदान केन्द्र सामान्य सम्बेदनशिलको सुचिमा राखिएको र हालसम्म सबै मतदान केन्द्र सुरक्षित रहेका कार्यालयले जनाएको छ । 

मतदाता परिचय पत्र उत्साहजनक रुपमा वितरण भई रहेको कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!