सिरहामा बामगठबन्धनको कार्यालयमा प्रेसर कुकर बम बिस्फोट (फोटोफिचर)

Posted on: 24 Nov, 2017

राम नारायण पंडित/मङ्सिर ८, सिरहा । सिरहाको मिर्चैयामा प्रेसर कुकर बम बिस्फोट भएको छ । 

मिर्चैया नगरपालिका ६ मा रहेको नेकपा माओबादी केन्द्र र नेकपा एमाले (बामगठबन्धन) को चुनावी प्रचारप्रसार कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको छ । 


सिरहा क्षेत्र नं. ४ को चुनाबी प्रचारप्रसारको कार्यालयमा आज (शुक्रबार) बेलुकी करीब ४ बजे प्रेसर कुकर बम बिस्फोट भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

बिस्फोटबाट कुनै मानविय क्षति नभएको प्रहरीको भनाई रहेको छ । बिस्फोटले गर्दा कार्यालयको भित्तामा समान्य क्षति पुगेको (डिएसपी) बज्राचार्यले बताए । घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको (डिएसपी) बज्राचार्यले दाबी गरे । उनले भने “त्रसित गर्नका लागि बम बिस्फोट गराएको छ ।”


स्थानिय प्रदिप साहको घरको माथिल्लो तल्लामा रहेको चुनाबी कार्यालयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) का पम्पलेट फेला परेको (डिएसपी) बज्राचार्यले जनाए । 

चुनाव नजिकिँदै जाँदा जिल्लाको सुरक्षा व्यवस्था कडा नहुँदा बम बिस्फोट भएको स्थानीय बासिन्दाको आरोप छ । चुनावको पुर्ब संध्यामा प्रहरी कार्यालय अगाडी नै बम बिस्फोट भएकोले चुनौति बढे्को छ । एक्कासी ठूलो आवाजमा बम विस्फोट हुँदा स्थानियहरु त्रसित भएका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!