ताप्लेजुङमा मतदान केन्द्र भित्रै बम बिस्फोट, स्थिति तनावग्रस्त

Posted on: 25 Nov, 2017

मङ्सिर ९, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिकाको एक मतदान केन्द्रभित्रै प्रेसर कुकर बम विस्फोट भएको छ ।  

भानु जनमाविमा मतदान केन्द्र निर्माणका क्रममा गाडेर राखिएको बम विस्फोट भएको हो । पहिलो चरणअन्तर्गत आइतवार हुने मतदानका लागि तयारी चलिरहेका बेला मतदान केन्द्रमा बम बिस्फोट भएको हो । 


बम बिस्फोट भएपछि त्यहाँको अवस्था तनावग्रस्त रहेको जनाइएको छ । मतदान केन्द्रलाई नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । 

जमिनमुनि राखिएको अवस्था प्रेसर–कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बिस्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने भएको छैन । उच्च सुरक्षा घेरमै रहेको मतदान केन्द्रमा नै बम बिस्फोट भएपछि मतदाताबीच पनि त्रास पैदा भएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!