रोल्पाका ९ मतदान केन्द्र नजिकै बम विस्फोट, स्थानीय त्रसित

Posted on: 26 Nov, 2017

मङ्सिर १०, रोल्पा । रोल्पाका विभिन्न मतदान केन्द्र नजिकै ठुला ठुला बम विस्फोटहरु भैरहेका छन् । बम विस्फोटनका आवाज सुनिन थालेपछि स्थानीय त्रसित भएका छन् । 

मतदान चलिरहेको बेला रोल्पाका ९ ठाउँमा बम विष्फोट भएको हो । रोल्पाको सुकिदह, इरिबाङ, पाखापनी, कोर्चवाङ, थवाङ, अरेसगाम, पासबाङ, घोडागाउँ र फगाममा बम बिष्फोट भएको हो ।

रोल्पाकै कोर्चावाङ, थवाङ लगायतका स्थानमा पनि गएरातिदेखि नै बम विष्फोट भएका छन् । बम विष्फोटबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

मतदतालाई त्रसित बनाउने उद्देश्यले बम पड्काइए पनि निर्वाचन कुनै असर नगरेको र मतदाताहरु मतदानस्थलमा भेला भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!