मत पेटिकामुनि प्रेसरकुकर बम भटिएपछि मतदान स्थगित

Posted on: 26 Nov, 2017

मंसिर १०, ताप्लेजुङ । ताप्लेजुङको एक मतदान केन्द्रमा मतपेटिकाको मुनि प्रेसरकुकुर बम भेटिएपछि मतदान स्थगित भएको छ ।

आइतबार प्रदेश र प्रथितनिधि सभाको पहिलो चरणको निर्वाचन अन्तर्गत आठराई गाउँपालिका –३ को सरस्वती मतदान केन्द्रमा मतपेटिका मुनि प्रेसरकुकर बम भेटिएको हो ।

मतपेटिकामुनि बम भेटिएपछि स्थानीयहरु त्रसित बनेका छन् भने मतदान प्रक्रिया एक घण्टाका लागि स्थगित गरिएको ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन् ।

बम राखिएको स्थानलाई सेनाले नियन्त्रणमा लिए बम डिस्पोजल कार्य अगाडि बढाएको पनि उनले जानकारी दिए । बम डिस्पोजलपछि पुन मतदान प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!