रोल्पामा दुई दर्जन बढी स्थानमा बम बिस्फोट, मतदाता त्रसित

Posted on: 26 Nov, 2017

मङ्सिर १०, रोल्पा । रोल्पा दूई दर्जन बढी ठाँउमा बम विष्फोट भएका छन् । मतदातालाई तर्साउन बम विष्फोट गराइएको बताइएको छ ।

थबाङमा राती पटक पटक र बिहान ४ ठाउँमा विष्फोट भएको छ । उवा, ब्याङखोला, झेनाम, इरिबाङ रांक लगायतका स्थानम विष्फोट भएको स्थानीयले बताएका छन् ।

त्यस्तै रोल्पाकै सुकिदह गाउँपालिकाको पाखापानी, जिनाबाङ मतदान केन्द्रमा पनि बम विष्फोट भएका छन् । यस्तै सुनछहरी गाउँपालिकाको गाम, सिउरी, जैमकसला, जेलबाङका मतदान केन्द्र नजिक बम विष्फोट भएका छन् । 

रोल्पाकै दुइखोली गाउँपालिकाको इरिबाङ, माडी गाउँपालिकाको घर्तिगाउँ, झेनुवा सुवर्णवती गाउँपालिकाको घोडागाउँलगायत दर्जनौं ठाउँमा पनि बम विष्फोट भएका छन् । बम विष्फोटबाट स्थानीय जनता र मतदान केन्द्रमा खाटिएका कर्मचारी त्रसित भएका छन् । 

यस्तै रांक, पाखापानी र जिनाबाङमा मतदाता स्थल नजिकै बम विष्फोट भएको छ । बमको त्रासले मतदाता तर्सिएर मतदान स्थल आउन हिच्किचाई रहेको स्थानीयले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!