रुकुममा अर्को मतपेटिका पनि जल्यो, स्थिति तनावग्रस्त

Posted on: 26 Nov, 2017

मङ्सिर १०, रुकुम । रुकुमको आठबीसकोट नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैना मतदान केन्द्रमा पनि मतपेटिका जलाइएको छ । 

एसिड प्रयोग गरेर समानुपतिकतर्फको मतपेटिका जलाइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मतपेटिकामा एसिड हाल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मतदानका लागि गएका व्यक्तिले नै एसिड प्रयोग गरेर आगजनी गरेको प्रहरीले जनाएको छ । हाल सो केन्द्रमा मतदान स्थगित भएको छ ।  

यसअघि पनि रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा मतदान केन्द्रमा आगजनी भएको थियो । 

त्यहाँ नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिकामा आगो लगाएका बुझिएको छ । मतदान केन्द्रको सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र नेपाली सेनाको बीचबाटै गएर मतपेटिकामा आगजनी गरेका हुन् । 

मतपेटिकामा आगो लगाइएपछि अहिले त्यहाँ मतदान प्रक्रिया पनि स्थगित भएको जनाइएको छ । उक्त पेटिकामा २५० मत खसेको जनाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!