ओखलढुंगामा ६५ प्रतिशत मत खस्यो, मतदान गर्नेमा महिला धेरै

Posted on: 26 Nov, 2017

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १०, ओखलढुंगा । ओखलढुंगामा ६५ प्रतिशत मतदाताले मतदान गरेका छन् । 

संघिय प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा ६५ मत खसेको हो । जिल्लामा ७८ स्थल अन्तरगत १ सय ४१ मतदान केन्द्रबाट भएको मतदानमा सबैभन्दा धेरै मोलुङ गाउपालिकाको मंगलबारे मतदान केन्द्रबाट ७४ प्रतिशत र सबै भन्दा कम सुनकोशी गाउपालिकाको बलखु स्थित आरुभञ्ज्याङ मतदान केन्द्रमा ४७ प्रतिशत खसेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।


सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नेमा महिलाको संख्या बढि छ । मतदान गर्ने कुल मतदाता मध्ये ३२ हजार महिला छन् भने २९ हजार पुरुष छन् । ओखलढुंगामा १ लाख २ हजार २ सय ६३ जना मतदाता थिए ।

जिल्लामा छिटफुट घटना मध्ये शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । उनका अनुसार मतदान केन्द्रबाट मतपेटिकाहरु सुरक्षा कर्मीको निगरानीमा सदरमुकाम ल्याईदैछ । जिल्लाबाट टाढा रहेका मतदान केन्द्रका मतपेटिकाहरु भने भोली बेलुका सम्म जिल्ला आईपुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!