गाउँपालिका उपाध्यक्षकी उमेदवार एमालेमा प्रवेश

Posted on: 27 Nov, 2017

मङ्सिर ११, पर्वत । गत स्थानिय निर्वाचनमा पर्वतको मोदी गाउँपालिकामा उपाध्यक्ष पदकी उमेदवार साबित्रा नेपाली नेकपा(एमाले)मा प्रबेश गरेकी छन । 

गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार नेपाली अब नेपालमा बाम गठबन्धनको बिकल्प नभएको भन्दै एमालेमा प्रबेश गरेकी हुन । नेपाली मोदीगाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्षकी उमेदवार बनेकी  थिइन ।

राप्रपा नेतृ नेपालीलाई एमालेका प्रदेश लेखा आयोगका संयोजक प्रेमकुमार लामिछानेले टिका र माला लगाएर एमालेमा प्रबेश गराएका थिए । पर्वतको मोदीगाउँपालिका – ६ थार्माजुङ्ग निवासी नेपालीको दलित समुदायमा राम्रो प्रभाब रहेको छ ।

नेपालीको प्रबेश बाम गठबन्धनका उमेदवारहरुको बिजयलाई थप सुनिश्चित गरिदिएको युवा संघ पर्वतका अध्यक्ष तथा मोदी गाउँपालिका – ६ का वडा अध्यक्ष बिमल लामिछानेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!