सिंचाई राज्यमन्त्रीद्वारा विज्ञप्ती सार्वजनिक गर्दै सबैलाई धन्यबाद ज्ञापन

Posted on: 28 Nov, 2017

कविता उपाध्याय/मङ्सिर १२, रोल्पा । सिंचाइ राज्यमन्त्री तथा नेपाली कांग्रेस रोल्पाका सभापति समेत रहनु भएका अमरसिंह पुनले प्रदेश सभा तथा प्रतिनिधि सभा २०७४ का लागि मंसिर १० गते सम्पन्न निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यबाद ज्ञापन गर्नुभएकोछ । 

उहाँले निर्वाचन सम्पन्न भएको भोलिपल्ट मंसिर ११ गते प्रेस विज्ञप्ती सार्वजनिक गर्दै धन्यबाद ज्ञापन गर्नुभएको हो । विज्ञप्तीमा लेखिएको छ  “२०७४ साल मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलता पुर्वक सम्पन्न भएको शुभ अवसरमा सम्पुर्णमा बधाई ज्ञापन गर्दछु । साथै सम्पन्न निर्वाचनमा सहभागी भई मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । 

निर्वाचन सम्पन्न गर्न सकारात्मक भुमिका खेल्नु हुने आम रोल्पाली, अहोरात्र खटीनु हुने पार्टीका नेता कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, पर्यवेक्षक, पत्रकार, लगायत सबैमा विशेष धन्यवाद व्यक्त गर्दछु ।” 

उहाँले लोकतन्त्रको खम्वाको रुपमा लिइएको निर्वाचनमा भाग लिन चाहने मतदातालाई फरक विचारकै आधारमा अवरोध गरिएको कार्यप्रति भने खेद व्यक्त गर्दै सम्पन्न निर्वाचनले संविधान कार्यान्वयनमा सकारात्मक भुमीका खेल्ने विश्वास ब्यक्त गर्नुभएको समेत विज्ञप्तीमा उल्लेख छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!