कडा सुरक्षाका बिच ओखलढुंगामा मतपेटीका थन्काईयो

Posted on: 28 Nov, 2017

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १२, ओखलढुंगा  । ओखलढुंगामा आईतबार सम्पन्न निर्वाचनका सबै मतपेटीकाहरु जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको छ ।


जिल्लाका सबै १ सय ४१ वटै मतदान केन्द्रबाट सदरमुकाम ल्याईएका मतपेटीका कडा सुरक्षा व्यवस्था सहित जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको हो । सोमबारसाँझ सम्म ढुनावी गरिएको मतपेटीका भण्डारण गरि आज मंगलबार हलको ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सीलबन्दी गरेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । 


मतपेटिका राखिएको स्थानलाई नेपाली सेना,नेपाल प्रहरी,शसत्र प्रहरी र म्यादी प्रहरीले कडा सुरक्षा दिएको छ । यसैबिच मतपेटीका राखिएको कोठाको ढोकामा दलहरुले समेत छुट्टा,छुट्टै ताला लगाएका छन् भने मतपेटीकाको सुरक्षाका लागि जिल्लाका नेपाली कांग्रेस र बामगठबन्धनले स्वयंसेवक परिचालन गरेका छन् । 

सुरक्षाकर्मीको चौघेराभित्र मतपेटीका राखेको भएपनि दलहरुले दोहोरो सुरक्षाका लागि कार्यकर्ता खटाएका हुन् । दलका कार्यकर्ता समेत मतपेटीका राखेको स्थानमा पाल टाँगेर बसेको गठबन्धनका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

दलका कार्यकर्ताले पालैपालो चौविसै घण्टा मतपेटिका राखिएको स्थान कुर्ने जनाईएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन सकिएपछि मतगणना गरिने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!