रोल्पामा बुथ कब्जा गर्न नपाएको झोकमा आक्रमण, कांग्रेस प्रतिनिधिको अझै होस खुलेन

Posted on: 29 Nov, 2017

मंसिर १३, रोल्पा | चुनावमा बुथ कब्जा गर्न नदिएको भन्दै माओवादीका कार्यकर्ताले कांग्रेसका प्रतिनिधिमाथि आक्रमण गरेका छन् । नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका –६, गजुलका विष्णु केसीलाई माओवादीका कार्यकर्ताले घरमै गएर साङ्घातिक आक्रमण गरेको परिवारको आरोप छ ।

माओवादीले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका केसीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । उनको अझै होस् नखुलेको परिवारको भनाई छ ।

कांग्रेसको प्रतिनिधि बसेकै कारण आक्रमण हत्या गर्न खोजिनु दुखद भएको नेविसंघका पूर्वमहामन्त्री तथा रोल्पाका प्रदेशसभाका समानुपातिक उम्मेदवार मनोजमणि आचार्यले बताउनुभयो । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघ रोल्पाले माग गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!