कांग्रेसमा बसेर ठूलो गल्ती गरेछु भन्दै जिल्ला सचिव वाम गठबन्धनमा प्रवेश

Posted on: 29 Nov, 2017

मंसिर १३, उदयपुर | नेपाली कांग्रेसका उदयपुर जिल्ला सचिव रामकुमार राईले कांग्रेस पार्टी परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका छान । बुधबार एक औपचारिक समारोहमा उनले कांग्रेस परित्याग गरेका हुन्  ।

वामगठबन्धनले जिल्लाको पश्चिमी क्षेत्र कटारी बजारमा आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै नेपाली कांग्रेस पार्टी छोडी वामगठबन्धनलाई सहयोग गर्ने घोषणा गरे । 

झण्डै तीन दशक लामो समय कांग्रेसमा सक्रिय रहनुभएका राईले सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘उर्वर समय मैले कांग्रेसमा बिताएर  ठूलो भुल गरेछु ।’ पार्टीका केही नीति सिद्धान्त राम्रा भए पनि पार्टी परिचालन गर्ने व्यक्तिको आचरण खराव स्वभाव भएकाले आफू पार्टीभित्र बस्न नसकेको उनको धारणा थियो । 

राईले भने - ‘विपी, किसुनजी जस्ता निष्ठाको राजनीति गर्ने र हामी जस्ता जनताको काम इमान्दारसाथ गर्ने पार्टी रहेन् । यो केवल भ्रष्ट, दलाल, शोषक, सामन्त र विपीको नाम भजाएर खाइरहने पार्टी बन्यो । अब नेपाली कांग्रेस विपीको सिद्धान्तमा अडिग रहेर लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्ने पार्टी रहेन्, यो त केवल दलाल र शासकहरुको मात्र पार्टी रह्यो । ’ 

चुनाव हुन केही दिन मात्रै बाँकी रहँदा वाम गठबन्धनमा प्रवेश गरेका राईले गठबन्धनलाई जिताउनु आफ्नो कर्तव्य रहेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!