सर्लाहीमा स्वतन्त्र उमेदवारका समर्थकहरुले बामगठबन्धनका कार्यकर्ताहरु कुटे

Posted on: 29 Nov, 2017

सरोज यादव | मङ्सिर १३, सर्लाही | सर्लाही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नरेन्द्र साहका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरु उपर कुटपिट गरेको छ । घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार गर्दै हिडेका बामगठबन्धका कार्यकताहरु उपर साहले कुटपिट गराएको प्रत्यक्षदर्शीको दाबी छ । कुटपिटमा मुख्य योजनाकार साहका समर्थक पुर्व सांसद खोभारी राय पनि रहेको जनाएको छ ।

सर्लाही क्षेत्र न :-३ मा पर्ने हेमपुर गाउँमा बामगठबन्धन का कार्यकर्ताले चुनाव प्रचारका लागि आफ्ना उमेदवारको पोस्टर टाँसिरहेका बेला र्याली गर्दै हिडेका स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरूले उनिहरुलाई गाली गलौज गर्नुका साथै यस क्षेत्रमा पोस्टर नसाट्न धम्की दिएका थिए ।

तर, बामगठबन्धनका कार्यकर्ताहरुले नमाने पछि बामगठबन्धनका कार्यकर्ताहरु उपर निर्ममता पुर्वक कुटपिट गरेको घटनाको प्रत्यक्षदर्शी समेत रहेका बामगठबन्धनका नेताहरुले बताएका छन् । कुटपिटबाट घायल हुनेहरुमा प्रचार गाडीका चालक रवी बिक,विशम्भर यादव,बिवेक साह र श्यामसुन्दर राउत रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!