मर्यो भनेर फलिएका कमल श्रेष्ठ चुनावी मैदानमा

Posted on: 01 Dec, 2017

प्रेम सुनार/मंसिर १५, गुल्मी । उनि हुन् पुर्व सांसद । उनको घरमा जहिले जानुस् कि त भकारोमा गाई भैसी र कुखरा  बाख्राको सुसार गरी रहेको अवस्थामा  भेटिन्छन भने कि त खेतीपाती गरिरहेको वेला देखिन्छन् । गुल्मीको राजनैतिक जिवनमा उनले जति संघर्ष गरे त्यति नै मात्रमा उनी कृषि पेशालाई आधुनिकीकरण गर्नमा खटे । वास्तमा उनि कृषकहरुका नेता हुन भनेर भन्नु अत्युक्ति हुँदैन् । 

उखु र गुड उत्पादनले प्रशिद्ध थलो गुल्मीको थानापति गाउँमा जन्मिएका कमलराज श्रेष्ठको चर्चा गर्दै छौं हामी । जसले विगत ५२ वर्ष देखि राजनीति संगै कृषि पेशालाई जन स्तर सम्म पुराउन जिल्ला भर नै विर्सनै नहुने योगदान पुराउँदै आएका छन् ।

आफ्ना नेता प्रदिपकुमार ज्ञवाली कहाँ अपटक पटक धाएर वलेटक्सारको भण्डारी डाँडामा देश मै पहिलो पटक कफि अनुसन्धन केन्द्र स्थापना गरे उनले ।  दिगाम, थानापति रुरु सम्मको प्रशिद्ध उखु खेती र गुणलाई वजारीकरण गर्न, लिची   र दुग्ध उत्पादनका साथै  तरकारी खेतीलाई ब्यवसायीककरण गरेर कृषकको जिवन स्तर बृद्धि गर्न अहोरात्रा खट्नु नै उनको सांसद हुनु पछाडीको  सामाजिक  योगदान हो ।  उनि सांसद छँदा पनि उनले जिल्लामा थुप्रै विकास निर्माण भित्राएका थिए ।

गुल्मीको वामपन्थी आन्दोलनका अभिभावकका रुपमा रहेका १४/१५ वर्षको उमेरमा  श्रेष्ठ २०२० साल देखि वामपन्थी आन्दोलनमा  होमिएका थिए । भुमिगत राजनैतिक जिवनमा कैयौं पटक जेल नेल याताना भोगेका नेता श्रेष्ठ  वलेटक्सार चौतराका प्रयागलाल श्रेष्ठ जस्ता जिल्ल्लाका पुराना चर्चित वामपन्थी नेताबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा लागेको बताउँ छन् । 

उति वेला कांग्रेसका सामु कम्युनिष्ट भएर बाँच्न गाह्रो थियो । त्यस माथी पञ्चायती शासकहरुको दवदवा थियो नेता श्रेष्ठले भने भुमिगत कालको जेल नेल यातनाको स्मरण गर्दा अहिले पो ज्यान सिरिङ्ग गर्दछ । 

२०४७ साल पुष ३ गतेका दिन दिगामको लक्ष्मी प्रा.वि.मा कांग्रेस कार्यकर्ताहरुको आक्रमणबाट म¥यो भनि वोरामा पोको पारेर फालिएका श्रेष्ठलाई मरेर बाँचेका नेता भनेर एमालेजनले भन्ने गर्दछन् । 

तत्कालिन मालेका विभिन्न मोर्चा सम्हालेका नेता श्रेष्ठले नेकपा एमाले गुल्मीको  जिल्ला पार्टी प्रमुखको जिम्मेवारी  २०४७ साल देखि सम्हालेका थिए । आज भन्दा एक दशक अघि सम्म पार्टी प्रमुखको जिम्मेवारीमा रहँदा नेकपा एमाललेलाई गुल्मीमा कांग्रेसलाई टक्कर दिने पार्टी बनाएको श्रेय उनलाई जाने उनका सयकर्मीहरु बताउँ छन् ।

२०५१ सालको निर्वाचनमा गुल्मी क्षेत्र नम्वर २ मा २०५१ सालमा नेपाली कांग्रेसका नेता भागवत ज्ञवालीलाई भारी मतले पराजित गरी सांसदमा  विजयी श्रेष्ठको विजयी सभावमा उनले भनेको भाषण अहिले पनि चर्चा गरिन्छ । 

विपक्षीले  उनको विजयको  माला ओईलीयो वरै , भोज खुवाउन ढालेको खसी वोका र राँगाहरु प्नि सड्ने भो वरै जस्ता भाषाण गर्द समर्थकको तालिले तम्घासको चिदिचौर गुञ्जायमान बनेको थियो ।  क्षेत्र नम्वर २ मा कांग्रेसको किल्ला २०५१ सालमा तोडे देखि  लगातार लालकिल्ला बनाएको यस क्षेत्रलाई झण्डै २० वर्ष पछि आएर कांग्रेसका चन्द्र भण्डारीले २०७० सालमा आफुहरुको विरासत फर्काएका थिए ।

त्यही क्षेत्र अहिले साविकको १ नम्वर क्षेत्र संग गाभिएर क्षेत्र नम्वर १ नै बनेको छ । २०७० सालमा गुमेको विरासद बचाउन  केन्द्रियस सचिव प्रदिपकुमार ज्ञवाली र श्रेष्ठ अर्को कम्युनिष्ट माओवादी केन्द्र , नेकपा माले र जनमोर्चाको समेत साथ लिएर चुनावी मैदानमा उत्रेका छन् ।  स्थानिय तहको आंकलन गर्ने हो भने नेकपा एमाले मात्रैले पनि  त्यस क्षेत्रमा कांग्रेसलाई टक्कर दिन सक्ने हैसियतमा देखिन्छ । 

वामगठबन्धनको मत सहित भारी मतको अन्तरले चुनव जित्ने दावि उनिहरुले गरेका छन् । नेता श्रेष्ठले भने पहिल्लै आफुले आंकलन नगर्ने बताउँ छन् । म पहिल्लै र कहिल्लै पनि भविश्यवाणी गर्न चाहन्न र जनतालाई झुटो कुरा गरेर मत माग्न पनि चाहन्न ।


मैले आफ्नो सामाजिक सेवा प्रति विश्वास गर्छु र जनता प्रति ईमान्दार भएर प्रस्तुत हुन्छ, यसैको आधार नै मेरो जित सुनिश्चित छ भन्ने ठान्छु । उनले आफुले पनि नचाहिँदो कुरा जनता सामु लगेर नजाने र विपक्षी कांग्रेस नेताहरुले पनि नचाहिदो कुरा नगरी स्वस्थ्व प्रतिस्पर्धा गरे कसलाई जिताउने, कसलाई हराउने फैसाला जनताले नै गर्ने बताए ।   उखान टुक्का सहितको चोटीलो, पेचीलो र तर्क संगत र व्यवहारिक भाषण उनको पहिचान हो । 

यति नै वेला उनि जस्तै कम्युनिष्ट आन्दोलनमा अर्का संघर्षशिल र स्पष्ट वक्ता  सुदर्शन वराल पाएका छन् वामगठबन्धनका साझा प्रतिनिधी ुसभा उमेदवार प्रदिपकुमार ज्ञवालीले  । यी दुई संगको चुनावी संयोगलाई उनले एउटा अवसरका रुपमा लिएको बताउँ छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!