कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट

Posted on: 01 Dec, 2017

माधव बेल्वासे/ मङ्सिर १५, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९शिवगढीको भगवानपूरमा शुक्रवार उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट भएको छ । 

शुक्रवार दिउंसो करिब एक वजे नयाँ शक्ति पार्टीका प्रतिनिधी सभा उम्मेदवार इलियाश मुसलमान घरदैलो अभियानमा हिडेको बेला अज्ञात समुह द्धारा बम बिष्फोट गरेका छन ।

इन्डिया प्लेट एम.ए.४३ ए.८३०० नम्बर रहेको उम्मेदवार मुसलमानले चढेको गाडीलाई लक्षित गरी बम बिष्फोट गरेक छ । बम बिष्फोट हुदा गाडीको अगाडीको भागमा सामन्या क्षति भएको छ भने मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय सुन्दरीडाडाले जनाएको छ । 

घटनाको खोज अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त घटना नेकपा नेतृत्व विप्लप माओबादीका कार्यकर्ताले गराएको हुनसक्ने आशंका रहेको छ । तर सो को जिम्मा भने कसैले लिएको छैन 


यस बिषयमा तपाइको प्रतिक्रिया...!