माओवादी नेता शंकर गिरीले बामपन्थीले जित्ने दिए १०१ कारण- भिडियो सहित

Posted on: 02 Dec, 2017


पर्वत । नेकपा माओवादी केन्द्रका केन्द्रिय अायाेजक कमिटि सदस्य  तथा कुश्मा नगरपालिकाका इन्चार्ज युवा नेता शंकर गिरीले पर्वतमा बामगठबन्धनको जीत सुनुश्चित भएको बताएका छन् । उनले पर्वतमा बामगठबन्धनले तीन सिटमा तीनै सिट विजयी हासिल गर्ने बताए ।

विगतको जस्तो अबस्था जिल्लामा अब नरहेको बताउँदै गिरीले बामगठबन्धनलाई कुनै पनि शक्तिले नजित्ने दाबी गरेका छन् ।

शुक्रबार एक रेडियोसँग अन्तरबार्तामा उनले जिल्लामा अब कुनै पनि शक्तिहरुले आफ्नो बलबुतामा चुनाव जित्ने सपना बनाएको भए त्यो समाप्त हुने बताएका छन् ।

कसैले पनि शक्ति र पैसाको भरमा चुनाव जित्छु भन्ने सपना देखेको छ भने अब त्यो सपना साकार नहुने भन्दै गिरीले एक बुथ १ सय युथ परिचालन गर्ने बामगठबन्धनको तयारी भएको बताए । ०६४ र ०७० सालमा जस्तो बुथ कब्जा गरेर अब चुनाव जित्नेहरुको दिन गरेको भन्दै गिरीले कोहि बुथ कब्जा गर्न वा सोझो जनतालाई पैसा दिएर फकाउने आएको फेला पारे अन द स्पोर्ट कारवाही गर्ने समेत चेतावनी दिए ।

जिल्लाको विकास र समृद्धिको लागि बामगठबन्धनको जीत आवश्यक र सुनुश्चित रहेको उनले बताएका छन् ।

भिडियो हेर्नुहोस्



यस बिषयमा तपाइको प्रतिक्रिया...!