निर्वतमान सांसद विकास लम्सालले बामगठबन्धनको गरिदिए भविष्यबाणी, ८० प्रतिशत मतले विजयी हुने दाबी– भिडि

Posted on: 02 Dec, 2017

पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत दाबी गरे ।


तीन पटक सम्म जिल्लाबाट सांसदमा विजयी भएको नेपाली काँग्रेसले जिल्लाबासीको मन जित्न नसकेका कारण यसपालीका निर्वाचनमा पर्वतमा बामगठबन्धनले नेपाली काँग्रेसलाई पाखा लगाउने दाबी गरे ।


सांसद लम्सालले विकास र समृद्धिको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बामगठबन्धनले नयाँ कुरा गरेर देखाउन दाबी समेत गरे । उनले जिल्लाबासीले १८ बर्षदेखि बन्ध भएका विकासका ढोकाहरु अब बामगठबन्धनको नेतृत्वले खोलिदिने भन्दै आम जिल्लाबासीले बामगठबन्धनको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए ।


जिल्लाको विकास र आर्थिक निकासका लागि बामगठबन्धन नेपाली काँग्रेसमाथि ठूलै भारी पर्ने बताउँदै लम्सालले अबको देशको नेतृत्व बामगठबन्धनले गर्ने बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!