गुल्मीमा काग्रेसले निकाल्यो कर्मचारी नियुक्तिमा विवाद, कर्मचारीहरुद्वारा चेतावानी !

Posted on: 03 Dec, 2017

प्रेम सुनार | मङ्सिर १७, गुल्मी | मुख्य   निर्वाचन अधिकृतको कार्यालय गुल्मीमा  हिजो विहान देखि नियुक्ति पत्र दिएर कार्य क्षेत्रमा पठाउनु पर्ने कर्मचारीहरुलाई  अहिले सम्म नियुक्ति दिईएको छैन् । नेपाली कांग्रेसले एकलौटी ढंगबाट खटाईएको आरोप लगाउँदै विवाद निकाले पछि हिजो देखि अहिले सम्म कर्मचारीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी  उभिएर सास्ती खेप्नु परेको हो । 

हिजो विहानै करिव ९ वजे देखि कार्यालय अगाडी उभाईएका कर्मचारीहरु हिजो साँझ अवेर सम्म पनि लाईन मै थिए । आज विहान ७ वजे देखि पनि उभिएका छन् । तर हिजो साँझ नेपाली कांग्रेसले वामगठबन्धन निकट कर्माचारीहरुलाई ३०÷ ३२ ठाउँमा आफु निकट कर्मचारी नमिसाई एकलौटी ढंगले खटाएको पाईए पछि मिलाएर पठाउन माग गरिएको कांग्रेस सचिव खिलध्वज पन्थीले बताए ।

‘निर्वाचन निष्पक्ष र धाधली रहित होस भन्ने पक्षमा हामी छौं’–नेता पन्थीले भने–‘तर सुनियोजित ढंगले कर्मचारी संगठनका कर्मचारीहरुलाई एकलौटी ढंगले खटाएको पाईए पछि मिक्स गरेर पठाउँदा निष्पक्ष हुन्छ भन्ने हाम्रो माग हो । ’ कांग्रेस निकट कर्मचारीहरुका नेता जयश्वर पन्थीले भने नेपाल कर्मचारी संघको कुनै आपत्ती नरहेको, त्यो केवल दलहरु विचको राजनैतिक मुद्धा मात्रै बनाईएको प्रतिकृया दिए । 


हिजो देखि उभिएका सयौं कर्मचारीहरु आक्रोषित भएका छन् । संघ निकट कर्मचारीहरुले समेत  आफुहरु कुनै दल विशेषको दास नभई  नेपाल सरकारको कर्मचारी भएकोले राजनैतिक हस्तक्षेप बन्द गर्न चेतावानी दिएका छन् । 

‘हामी नेपाल सरकारका राष्ट्र सेवक कर्मचारी हौं , अहिले निर्वाचनको मुखमा आएर हामीहरुलाई राजनैतिक रङ दिन खोज्नु भनेको कतै निर्वाचन नहोस् भन्ने षडयन्त्र त होईन ?  सारा कर्मचारीहरुले एकै स्वरमा यस्तो प्रति प्रश्न गर्दै भने–‘ कुनै पाटी वा संगठनले खटाउने होईन निर्वाचन आयोगले खटाउने हो । ’

जो जसले जुन राजनैतिक दलमा आश्था राख्ने भए पनि आजको यस विवादमा कर्माचारीहरु एक जुट देखिन्थे । ’कर्मचारी नियुक्तिमा राजनैतिक हस्तक्षेप बन्द गर. जस्ता नारावाजी गर्न कर्माचारीले थाले पछि मुख्य निर्वाचन अधिकृतको कार्यालय  तनाव ग्रस्त बनेको थियो ।

आज विहानै नेपाली कांग्रेसका नेताद्धयः तथा क्रमशः क्षेत्र नम्वर १ र २ का प्रतिनिधी सभा उमेदवार पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आपत्ती जनाउँदै फर्किएका थिए । कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ, वामगठबन्धनबाट एमाले नेता जंग नेपाली लगायत सो कार्यालयमा बसेर विवाद मिलाउने प्रयास गरेका थिए ।

तर जव नारावाजी सुरु भए पछि  मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले दुई पक्षका कर्मचारीहरुका नेता राखेर मिलाउने प्रयासमा जुटेका छन् । प्रतिकृया माग्न खोज्दा मुख्य निर्वाचन अधिकृत न्यौपानेले आफु मिलाउने कार्यमा व्यस्त भएका कारण प्रमुख जिल्ल्ला अधिकारीको प्रतिकृया लिन आग्रह गरे । 

प्रमुख जिल्ला अधिकारी अर्यालले कर्मचारी नियुक्तका विषयमा आफुलाई  केहि थाह नहुने, उठाईएको विवादलाई समाधान गर्न मुख्य निर्वाचन अधिकृत व्यस्त रहेको  प्रतिकृया दिए । वामगठबन्धनका नेता जंग नेपालीले भने–‘  अन्तिम समयमा आएर त्यस्तो विवाद निकाल्दा अरु थुप्रै समस्या सिर्जना हुने भएकोले निर्वाचन आयोगले जसरी  खटाउने विधी र प्रकृया छ त्यसरी नै खटाउनु पर्छ अन्यथा यताउति गराउन थाले झन जटिल  हुन्छ ।’

श्रोतको अनुसार हिजो केहि स्थानहरुका लागि विवाद भए पछि  अन्तिम विधीका रुपमा दलका सवै  गोला प्रथा   गरिएको  थियो । गोला दलका प्रतिनिधीहरुले थुते पछि सोही अनुरुप खटाईन लागेका कर्मचारीहरुलाई पछि कांग्रेसले अस्वीकार गरे पछि विवाद चुलिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!