कञ्चनपुरमा बाम गठबन्धनलाई पुर्ख्यौलीको साथ

Posted on: 03 Dec, 2017

भाष्कर केसी | मंसिर १७, कञ्चनपुर | ७ नम्बर प्रदेश दार्चुला पुख्र्यौली घर भई कञ्चनपुर बस्दै आएका दार्चुला समाजले यस निर्वाचनमा वाम गठबन्धनलाई जिताउने घोषणा गरेका छन् । 

दार्चुला समाज कञ्चनपुरको एक भेलाले मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा वामका सम्पूर्ण उम्मेदवारलाई जिताउने घोषणा गरेका हुन् । यस अघि २०४८ सालदेखि विस २०७० सालसम्म भएका निर्वाचन जितेकाहरुले आफुहरुलाई भोट बैंकको रुपमा लिएको गुनासो पोख्दै दार्चुला समाजले यस पटकको निर्वाचनमा वाम गठबन्धन कञ्चनपुरका सम्पूर्ण उम्मेदवारलाई भोट दिने निर्णय गरेका हुन् ।

दार्चुला समाज कञ्चनपुरका संयोजक महादेव पन्तले यस अघिका विभिन्न निर्वाचन जितेर आफ्ना आसेपासे, नातागोता र क्षेत्रीय भेगिय चिन्तनले आफ्ना समुदायलाई मात्रै विभिन्न अवसर दिएकाले आफुहरुलाई अवसरबाट बञ्चित गराएका कारण यस पटकको निर्वाचनमा वामका उम्मेदवारलाई भोट दिने निर्णय गरेको बताए ।

उनका अनुसार वामका उम्मेदवारले कञ्चनपुरका दार्चुलाबासीका अग्रज नेताहरुलाई नेतृत्व दिने तथा दार्चुला पुख्र्यौली घर भएका सबैलाई नागरिकलाई समान व्यवहार, अवसर दिने, दार्चुलावासीलाई हरेक दुख आवश्वासन र प्रतिबद्धता जाहेर गरेपछि आफुहरुले यस पटकको निर्वाचनमा वामलाई जिताउने अभियानमा जुटेको संयोजक पन्तले बताए । 

संयोजक पन्तका अनुसार कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा कुनै पनि पार्टीमा कृयाशिल नभएका समाजका अगुवा नेता तथा व्यक्तिहरु बामका उम्मेदवार जिताउन गाउँ-गाउँमा भोट मागिरहेका छन् । समाजले सबै दार्चुलाबासीलाई वाम गठनबन्धनलाई भोट हाल्न समेत आग्रह गरेका छन् । दार्चुलाबासीलाई हरेक राजनीतिक नेतृत्वका लागि समेत वाम जिताउन आग्रह गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!